कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पुर्वसन्ध्यामा पौडेल पक्षको छुटै बैठक

2019-07-07

काठमाडौँ - विधानको नियमावली टुंग्याउने र वडादेखि प्रदेश समितिसम्म संरचना गठनबारे छलफल गर्न आज (आइतबार)बाट कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । प्रवक्ता विश्वप्रकाश शर्माले विधानको नियमावली टुंगिएर कांग्रेस पार्टी संरचना गठनतिर अघि बढ्ने जानकारी दिए ।

सहमतिका आधारमा नयाँ संरचनाको तदर्थ समिति बनाउनुपर्नेमा संस्थापन पक्ष छ । नेविसंघको तदर्थ समिति गठन, विभाग गठन, समय सकिएका भ्रातृसंस्थालाई समय थप्ने, जागरण अभियानको पहिलो चरणको समीक्षासहितका विषयमा पनि केन्द्रीय समितिमा छलफल हुँदै छ । बैठकमा प्रस्तुत गर्ने एजेन्डाको विषयमा छलफल गर्न सभापति देउवाले पनि आफूनिकटका नेतासँग बुढानीलकण्ठमा छलफल गरेका छन् ।

महाराजगन्जमा पौडेल पक्षको बैठक
कार्यसमिति बैठकपूर्व शनिबार रामचन्द्र पौडेल पक्षको छुट्टै बैठक बसेको छ । महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको बैठकमा पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्यहरू पनि सहभागी थिए । बैठकले पार्टीका संरचनामा निर्वाचनबाटै छिटो गठन हुनुपर्ने र १४औँ महाधिवेशनको क्यालेन्डर ल्याउनुपर्ने विषयमा दबाब दिने निर्णय गरेको छ ।

‘बाहिर जे हल्ला भए पनि पार्टीका संरचना गठन गर्दा निर्वाचन गर्नैपर्छ भन्ने हाम्रो मत हो,’ छलफलमा सहभागी एक शीर्ष नेताले नयाँ पत्रिकासित भने, ‘अब समय थप्ने सुविधा पार्टी नेतृत्वलाई दिनुहुँदैन भन्नेमा छौँ ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ