ओम डेभलपमेन्ट बैंकलाई गाभ्न एनएमबीले पायो स्वीकृति

2019-06-28

काठमाडौँ - नेपाल राष्ट्र बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न एनएमबी बैंकलाइ स्वीकृति दिएको छ । गाभ्न सैद्धान्तिक सहमतिसँगै मर्जरको प्रक्रिया अघि बढाउन एनएमबीलाइ बाटो खुलेको छ ।

एनएमबीले प्रति शेयर ७५ रुपैयाँको अनुपातमा ओमलाई गाभ्ने सहमति भएको छ । अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तिय विवरण अनुसार दुई बैंक एक आपसमा गाभिएसँगै निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँ नाघ्नेछ। ऋण लगानी पनि एक खर्ब १२ अर्ब रुपैयाँ नाघ्नेछ।

गाभिएपछि ओम डेभलपमेन्ट बैंकको नयाँ बैंकमा शेयर हिस्सा १६.३९ प्रतिशत हुनेछ भने एनएमबी बैंकको ८३.६० प्रतिशत कायम हुनेछ। हाल एनएमबी बैंकको २० प्रतिशत शेयर नेदरल्याण्ड एफएमओको रहेको छ। ओम गाभिएसँगै एफएमओको शेयर स्वामित्व घट्नेछ। यही अनुपातमा सञ्चालक समितिमा प्रतिनिधित्व गरिने छ।

हाल एनएमबी बैंकको शाखा कार्यालय ११० वटा र ओमको ५३ वटा रहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ