इरान-अमेरिका द्वन्द्व : तागत भए युद्धमा आउन अमेरिकालाई इरानको चेतावनी

2019-06-21

वासिङटन - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन्। राष्ट्रपति सामरिक महत्वको हार्मुज जल क्षेत्रमा इरानले अमेरिकाको जासुसी विमान खसालिदिएपछि ट्रम्पले चेतावनी दिएका हुन्।

हाल दुवै देशबीच तनाव बढेको छ। इरानी सेनाका प्रमुखले अमेरिकासँग लड्न तयार भएको बताएका छन्। बिहीवार ट्रम्पले ट्विट गर्नै भने, ‘इरानले भयानक गल्ती गरेको छ।’
अमेरिकाले ठूलै कारबाही गर्ने संकेत दिएको छ। अमेरिकाले इरानमाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ। इरानसँग तेल खरिद गर्दै आएका चीन, भारत लगायतका देशलाई पनि इरानी तेल नकिन्न दबाब दिँदै आएको छ।

इरानको इस्लामिक रेभुलशनरी गार्डले आफ्नो हवाई क्षेत्रमा जासुसी गर्दै आएको अमेरिकी ड्रोनलाई खसालिदिएको बताएको थियो। शुरुमा अमेरिकाले यो झूट भएको दाबी गरेको थियो। अमेरिकी रक्षा मन्त्रालयले केही घण्टापछि मात्रै आफ्नो ड्रोन इरानले खसालिदिएको स्वीकार गरेको हो। यद्यपि आफ्नो विमान भने अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा भएको बताएको छ।

इरानले पनि अमेरिकी अत्याचार सहन नसक्ने बताउँदै युद्धका लागि तयार भएको बताएको छ। इरानले ड्रोन खासाल्नु अमेरिकाको लागि प्रतिष्ठाको विषय बनेको छ।

अमेरिकीले उक्त ड्रोन संसारकै अत्याधुनिक र शक्तिशाली भएको दाबी गर्ने गरेको थियो। अमेरिकाले आफ्ना युद्धपोतका लागि सन् २०३२ सम्म यस्ता ६८ वटा ड्रोन सामेल गराउँदै थियो।

यी ड्रोन ३० घण्टमा ५८ हजार फिटमाथि उड्न सक्छन्। अत्याधुनिक सेन्सर प्रयोग गरिएका ती ड्रोनले फुल मोशन भिडियो रेकर्ड गर्न सक्ने बताइएको छ। आफ्नो लक्ष्यमा अचुक मानिने ड्रोनमा रोल्स रायसका इन्जिन प्रयोग गरिएको छ। ५० फिट लम्बाइ भएको उक्त ड्रोन ३६८ माइल प्रतिघण्टा उड्न सक्छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ