चिनियाँ राष्ट्रपति पहिलो राजकीय भ्रमणका लागि उत्तर कोरिया जाने

2019-06-18

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिन पिङ आफ्नो पहिलो राजकीय भ्रमणका लागि उत्तर कोरिया जाने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का प्रमुखसमेत रहेका सीले आगामी जुन २० र २१ मा उत्तर कोरिया जाने चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनको निमन्त्रणामा उनी उत्तर कोरिया जान लागेका हुन्।

सिपिसीका अन्तर्राष्टिय मामिला प्रवक्ता हु झाओमिङले सोमबार राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्।

पछिल्लो १४ वर्षमा सिपिसीका प्रमुख तथा चिनियाँ राष्ट्रपतिले उत्तर कोरिया भ्रमण गर्न लागेको यो पहिलो पटक हो। राष्ट्रपति सिको भ्रमण चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध कायम भएको ७०औं वर्षगाँठका अवसरमा हुन लागेको सिपिसीका अन्तर्राष्ट्रिय मामिला प्रमुख सङ ताओले बताए। उनले भ्रमणले पछिल्लो समय उत्तर कोरियासँग रहँदै आएको सम्बन्धमा थप प्रगाढता ल्याउन टेवा पुग्ने विश्वास जताए।

'चीन र उत्तर भारत असल छिमेकी र लामो समयदेखि द्विपक्षी सम्बन्ध स्थापना गरेका दुई मुलुक मात्र होइनन्,' ताओले भने, 'चीन सरकारले उत्तर कोरियासँगको सम्बन्धको महत्वलाई सँधै उचाइमा राख्ने गरेको छ।'

पछिल्लो ७० वर्षदेखि दुवै देशले आफ्नो राष्ट्रका प्रमुख नेताको भ्रमणलाई कायम राखेको उल्लेख गर्दै उनले यसबीचमा दुवै मुलुकले आफ्नो कला, संस्कृति, शिक्षा, विज्ञान तथा प्रविधि, खेलकुद लगायतका क्षेत्रमा जनताले चाहे बमोजिमनै काम गर्दै आएको स्पष्ट पारे।

१८औं चिनियाँ नेसनल कंग्रेस भएपछिको एक वर्षमा मात्रै यी दुई नेताबीच ४ पटक भटवार्ता भइसकेको छ। विशेषगरी उत्तर कोरियाले सञ्चालन गर्दै आएको आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्र संघ, अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले लगाएको नाकाबन्दी फुकुवाको विषयमा यी दुई नेताबीच पटक-पटक भेटवार्ता भएको छ।

त्यसमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुई पटकसम्म भएको शिखर वार्ताअघि किम चीन पुगेका थिए। पछिल्लो पटक भएको ट्रम्प-किम वार्ताले उल्लेख्य नतिजा ल्याउन नसकेको र अमेरिका र उत्तर कोरियाबीच बनिरहेको समझदारीमा समेत आँच आएको बताइरहँदा उत्तर कोरियामा हुने सीको भ्रमणले अन्तर्रष्ट्रिय राजनीतिमा ठूलो अर्थ राख्नेछ।

चीन उत्तर कोरियाको प्रमुख सहयोगी राष्ट्र हुनु र विश्वकै प्रमुख शक्ति राष्ट्र भएकै कारण पनि उत्तर कोरियाले चीनको साथ र सहयोगको अपेक्षा राख्दै आएको छ।

उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी, किम-ट्रम्प वार्ता र आणविक कार्यक्रम बन्द गर्ने विषयमा दुई नेताबीच वार्ता हुनसक्ने समेत अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। (फाइल तस्बिर- न्युयोर्क टाइम्स)




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ