कोपा अमेरिकामा अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित

2019-06-16

काठमाडौं - कोपा अमेरिकामा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ। शनिबार राति भएको ग्रुप 'बी'अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २-० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। अर्जेन्टाइन स्टार लियोनल मेस्सीको टिममाथि दबाब बढीरहेका बेला कोलम्बियाले खेलमा अग्रता लिएको थियो। खेलको ७१ मिनेटमा रोगर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए।

बराबरी गोल फर्काउन उद्दत मेस्सी नेतृत्वको टोली अर्जेन्टिनालाई त्यतिबेला थप भार थपियो, जतिबेला डुभान जापाटाले कोलम्बियाको लागि दोस्रो गोल गरे।

मेस्सी, सर्जियो अग्युरो, एन्जल डी मारियालगायत स्टार खेलाडीले भरिपूर्ण भए पनि अर्जेन्टिना खेलमा फर्किन सकेन र खेल कोलम्बियाको आफ्नो पक्षमा पार्‍यो। कोलम्बियाका लागि दुवै गोल सब्टिच्युट खेलाडीले गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ