साउदीको एयरपोर्टमा मिसाइल आक्रमण, २६ घाइते

2019-06-13

काठमाडाैं - यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमा मिसाइल आक्रमण गर्दा २६ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार विदेशीहरु समेत घाइते भएका छन् । घाइतेमध्ये महिला र बालबालिका समेत छन् । उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

तर कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भइनसकेको अलजजिराले जनाएको छ । तर इरानी उच्च प्रविधिको हतियार भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ ।

हाउठी संलग्न मसिराह टेलिभिजनको रिपोर्ट अनुसार ‘क्रुज मिसाइल’ आक्रमण भएको थियो । बिहीबार भएको उक्त घटनाबारे पूर्ण विवरण भने आइनसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ