योगमाया समिक्षा : पुरुषले फेर्न नसकेको नेपाली समाज अब महिलाको नेतृत्वले पो फेर्न सक्छ कि ?

2019-06-10

दामोदर पौडेल - मदन पुरस्कार बिजेता निलम कार्की निहारिकाको पुस्तक 'योगमाया' मा आधारित रहेर तयार गरिएको नाटक 'योगमाया' अहिले पुरानो बानेश्वरस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा यहि जेठ २५ गते देखि मन्चन भैरहेको छ । निहारिकाको उपरोक्त कृतिलाई टंक चौलागाईंले नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । नाटकको मुख्य पात्र 'योगमाया' को भूमिका मिथिला शर्माले निभाएकी छिन ।

नाटकले राणाकालिन समयका जनताका दु:ख अनि बेदनाहरु पस्किन खोजेको छ । अझ विशेषतः चन्द्र शमशेरकालिन । श्री ३ चन्द्र शमशेर जंग बहादुर राणाले नेपालको राजनीतिक इतिहासमा वि सं १९०१ देखि १९२९ सम्म लगातार २८ वर्ष शासन गरेका थिए । उनकै पालामा सती प्रथाको उन्मुलन र दास प्रथाको उन्मुलन भएको थियो । नाटकमा तत्कालिन समाजमा रहेका जातीय विभेद, छुवाछुत, अन्तरजातीय विवाह, एकल महिलाले पुनर्विवाह गर्नु हुन्न भन्ने जस्ता विकृति र विसंगति बिरुद्ध योगमाया उभिन्छिन । सुरु सुरुमा एक्लै भएपनि बिस्तारै उनलाई साथ् दिनेको जमात बढ्दै जान्छ र विकृति र विसंगतिका पक्षधरहरुको झुण्ड सानो हुन पुग्छ । जब उनि सिंगो समुदाय नै लिएर 'धर्मराज्य' (सुशासन भएको राज्य) स्थापनाको माग गर्दै श्री ३ को मा पुग्छिन, श्री ३ ले माग सुन्नुको साटो उनीहरुलाई दमन गर्छन, यातना दिन्छन, जेल हालिदिनछन् । अन्त्यमा पुरुष जति सबैलाइ आजीवन कारावासमा राखेर महिला जतिलाई छाडीदिन्छन । अन्त्यमा, सामाजिक न्याय तथा मुक्तिको लागि सम्पूर्ण गाउँले महिला अरुण नदीमा आत्मदाह गर्छन ।

नेपालको राजनीतिक इतिहासमा थुप्रै राजनीतिक आन्दोलनहरु भए, थुप्रै शासन ब्यबस्थाहरु फेरिए, आन्दोलनका क्रममा थुप्रै नेपालीजनहरु शहादत भए । तर मात्र फेरिए शासन ब्यबस्था, अहँ हटेनन जनताका दु:ख, पिर-मर्का अनि बेदनाहरु ।

त्यो बेलाको समाजको कुरीति र विसंगति आजको समाजमा उस्तै छ । मात्र शैली फेरिएको छ । मान्छेको चेतनाबाट अझै हटेको छैन । झन्डै १५० वर्ष अगाडी 'योगमाया' ले जे का लागि लडेकी थिइन, जे का लागि सिंगो समाजले ज्यानको आहुति दिएको थियो । त्यसको प्राप्ति नेपालका थुप्रै राजनीतिक आन्दोलनहरु एवं थुप्रै शासन ब्यबस्थाहरु बदलिंदा समेत हुन सकेको छैन । बरु नयाँ नयाँ खाले सामाजिक बिकृति र बिसंगतिहरुले जन्म लिएका छन् आजको समाजमा । जातीय विभेद उस्तै छ - पानि पधेरोमा, मन्दिरमा, अनि ब्यबहारमा । सती प्रथा त उन्मुलन भयो तर आज पनि उस्तै छ नारी अत्याचार । दास प्रथा उन्मुलन त भयो तर गरिबका छोराछोरी देश भित्र मात्र नभई विदेशमा समेत बेचिनुपर्ने यथार्थ हामीमाझ जगजाहेर नै छ । जनतामाथिको शोषण उस्तै छ । बलात्कार पछिको हत्या झन् बढेको छ । पिडित परिवारले न्याय पाउनु त परैको कुरा छ, उनीहरुनै समाजसंग लुकेर हिड्नुपर्ने अवस्था छ भने बलात्कारी र हत्यारा खुलेआम छाती फुलाएर समाजमा हिडिरहेका छन् । सामाजिक न्याय, भ्रस्टाचार, महंगी, शिक्षामा विभेद आज पनि ज्युँ को त्यूँ छ ।

राणा शासन कालमा समाज सुधारका लागी विद्रोह गरेकी क्रान्तिकारी पात्र 'योगमाया' ले लिएको बिश्रामको तब मात्र सार्थकता हुनेछ जब उनले 'धर्मराज्य' स्थापनार्थ सामाजिक न्याय र समानताको लागि उठाएका कदमहरुले साकार रुप लिनेछन । देशमा त्यस्ता खाले सामाजिक बिकृति तथा विसंगतिहरु निर्मुल भएर शान्ति, सुशासन तथा अमनचयन कायम हुनेछ ।

नाटकमा पात्र 'योगमाया' मार्फत तत्कालिन समयमा समाज परिवर्तनका लागि महिलाले खेलेको नेतृत्वदायी भूमिकालाई बुलन्द रुपले उजागर गरिएको छ । सामाजिक न्याय र समानता स्थापनार्थ उनीहरुले गरेको त्याग र बलिदानी हद देखि हदसम्म देखाइएको छ । एकातिर पितृसत्तात्मक राज्यले लादेको 'अकालमा ज्यान हाल्ने' सती प्रथाको उन्मुलन गर्न उनीहरुले गरेको बिरोध प्रस्तुत गरिएको छ भने अर्कोतर्फ आवश्यक परे उनीहरु आफ्नो ज्यान आहुति दिएको सम्मको सत्य घटना प्रस्तुत गरेर नारी त्याग-तपस्या, निरन्तरता र महानतालाई प्रस्तुत गरिएको छ । नेपाल राज्य स्थापना भएदेखि नै पुरुष वर्गले नेतृत्व गर्दै आइरहेको नेपाली समाजको अवस्थामा तात्विक भिन्नता नआएको देखिएकोले महिलाको नेतृत्वले मात्रै अब 'धर्मराज्य' स्थापना हुन सक्छ कि भन्ने प्रश्न स्वाभाविक रुपमा जन्मिएको छ ।

 

समिक्षक दुनियाँखबर डटकमका प्रधानसम्पादक हुन् ।

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ