विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराएर न्युजिल्यान्ड शीर्ष स्थानमा, इंग्ल्यान्ड दोस्रोमा

2019-06-09

काठमाडौं - आइसिसी क्रिकेट विश्वकप २०१९ मा लगातार तेस्रो जित हात पारेर न्युजिल्यान्ड शीर्ष स्थानमा कायम छ। न्युजिल्यान्डले शनिबार भएको तेस्रो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो। जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो।

पहिले ब्याटिङ गरेको अफगानिस्तान ४१.१ ओभरमा १७२ रनमै अलआउट भयो। अफगानिस्तानका लागि हस्मातुल्लाह शाहिदीले सबैभन्दा बढी ५९ रन जोडे। बलिङमा न्युजिल्यान्डका जेम्स नीशमले ५ विकेट लिए। लकी फर्ग्युसनको नाममा ४ विकेट रह्र्यो।

१७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। मार्टिन गुपटिल पहिलो बलमै अफ्ताब आलामको बलमा आउट भएका थिए। कोलिन मुनरोले २२ रन जोडे भने रोश टेलर ४८ रनमा आउट भए। कप्तान केन विलियमसनले नटआउट ७९ रन जोडे। उनले ९९ बलमा ९ चौका हिर्काए। टम लाथामले नटआउट १३ रन बटुले।

बलिङमा अफगानिस्तानका अफ्ताबले ३ विकेट लिए।

बंगलादेशलाई हराउँदै इंग्ल्यान्ड दोस्रो स्थानमा
त्यस्तै, आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्यान्ड दोस्रो स्थानमा उक्लिएको छ। इंग्ल्यान्डले शनिबार बंगलादेशलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो। तीन खेल खेलेको इंग्ल्यान्डको यो दोस्रो जित हो।

इंग्ल्यान्डले दिएको ३८७ रनको लक्ष्य पछ्याएको बंगलादेश २८.५ ओभरमा २८० रनमा अलआउट भयो। बंगलादेशका लागि सकिब अल हसनले १२१ रन जोडे। अन्य ब्याट्सम्यान जम्न सकेनन्। बलिङमा इंग्ल्यान्डका बेन स्टोक्स र जोफ्रा आर्चरले ३-३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३८६ रन जोडेको छ।

यो स्कोर इंग्ल्यान्डले विश्वकपमा बनाएको उच्च योगफल हो। यसअघि इंग्ल्यान्डले सन् २०११ मा भारतविरुद्ध ८ विकेटको क्षतिमा ३३८ रन जोडेको थियो।

शनिबार इंग्ल्यान्डका लागि ओपनर जासन रोएले शतक प्रहार गरे। उनले १५३ रन जोडेका उनले १२१ बलमा १४ चौका र ५ छक्का हिर्काए। अर्का ओपनर जोनी बिस्ट्रले ५१ रन बटुले। उनले ५० बलमा ६ चौका प्रहार गरे।

जोए रुट २१ रनमा आउट हुँदा जोस बटलरले ४४ बलमा ६४ रन बटुले। कप्तान इयान मोर्गानले ३५ रन र बेन स्टोक ६ रनमा आउट भए। क्रिस ओएक्सले ८ बलमा २ छक्काको मद्दतमा नटआउट १८ रन र लियाम प्लुङ्केटले ९ बलमा ४ चौका र १ छक्का हिर्काउँदै नटआउट २७ रन जोडे।

बलिङमा मोमहद सइफुदिन र मेहदी हसन मिराजले २-२ विकेट लिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ