इंग्ल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स फाइनलमा, उपाधिका लागि पोर्चुगलसंग भिड्ने

2019-06-07

काठमाडौ - इंग्ल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स युइएफए नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्यान्डमाथि नेदरल्यान्डले ३-१ गोलको जित हात पारेको हो।

खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो। ३२ मिनेटमा मार्कोस रास्फोडले गोल गरेर अग्रता दिलाए। उनले पेनाल्टीमा गोल गरेका थिए। रास्फोडमाथि नेदरल्यान्ड्सका डे लिटले फाल गरेपछि पेनाल्टीको अवसर दिइएको थियो।

खेल सकिन १७ मिनेट बाँकी छदा उनै लिटले बराबरी गोल फर्काउन सफल भए। ७३ मिनेटमा कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो। ९७ मिनेटमा वाल्करले आफ्नै पोस्टमा गोल गर्दा नेदरल्यान्ड्सले अग्रता लियो। थप समय सकिन ६ मिनेट बाँकी छदा प्रोमेसले तेस्रो गोल गरेपछि नेदरल्यान्ड्स जिततर्फ लम्किएको थियो।

अब उपाधिका लागि नेदरल्यान्ड्स र पोर्चुगलबीच आइतबार प्रतिस्पर्धा हुनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ