नेपाली क्रिकेट टिमको प्रशिक्षकमा पटवाल नियुक्त, पारिश्रमिक झन्डै ८ लाख

2019-05-31

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका उमेश पटवाल नियुक्त भएका छन्। एक वर्षअघि राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका पटवालले अब जगत टमटाको स्थान लिनेछन्। स्रोतका अनुसार पटवालले मासिक ७ हजार डलर पारिश्रमिक पाउनेछन् । यो रकम आईसीसीले दिनेछ ।

पटवालसँग आझ साँझ सम्झौता हुँदैछ। होटल क्राउन प्लाजा नक्सालमा हुने कार्यक्रममा पटवालसँग एक वर्षका लागि सम्झौता हुने स्रोतले बताएको छ। मासिक ७ हजार डलर (७ लाख ८२ हजार रुपैयाँ) हुने सम्झौता जुन १० तारिकदेखि एक वर्षका लागि हुनेछ। उनको पारिश्रमिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले राष्ट्रिय खेलकुद परिषद्मार्फत उपलब्ध गराउनेछ।

सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।

४६ वर्षका पटवाल गएको माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी-२० सिरिज खेल्दा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका थिए । त्यसअघि २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि आईसीसीले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा उनलाई पठाएको थियो ।

नेपाली क्रिकेटलाई नजिकबाट नियालेका पटवालले पहिलो पोखरा प्रिमियर लिग (पीपीएल) मा प्रतियोगिताको निर्देशकका रुपमा काम गरेका थिए । यस्तैएभरेस्ट प्रिमियर लिग (ईपीएल) मा उनी टिम विराटनगर वारियर्सको प्रशिक्षकका रुपमा रहेका थिए ।

आइसिसीले पछिल्लो समय नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासँगै अन्य सिनियर खेलाडी विदेशी प्रशिक्षकको विषयमा राँय मागेको थियो। आइसिसीलाई कप्तान पारसले पटवाल नेपाली टिमका लागि उपयुक्त पात्र भएको सुझाव दिएका थिए।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ