आ. व. २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत

2019-05-29

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका हुन्।

बजेटमा चालुगततर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ अर्थात् कुल विनियोजित बजेटको ६२ दशमलव ४ प्रतिशत रहेको छ। पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैया अर्थात् २६ दशमलव ६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ८१ अर्ब ८३ करोड १३ लाख रुपैयाँ रुपैयाँ अर्थात कुल विनियोजित रकमको ११ प्रतिशत बजेट विनियोजन गरेको हो।

सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा करिब २ खर्ब १७ अर्ब रुपैयाँ बढीको बजेट विनियोजन गरेको छ।

चालु आर्थिक वर्ष २०७५/७६ मा कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको थियो। जसमध्ये चालुगततर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् कुल विनियोजित बजेटको ६४ दशमलव ३ प्रतिशत छुट्याइएको थियो।

त्यसैगरी, पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् कुल विनियोजित बजेटको २३ दशमलव ९ प्रतिशत छुट्याइएको थियो। वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५५ अर्ब ७१ लाख ६० हजार अर्थात कुल विनियोजित बजेटको ११ दशमलव ८ प्रतिशत बजेट छुट्याइएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ