भारतको न्यूजिल्याण्डसँग लज्जास्पद हार

2019-05-26

लण्डन - विश्वकपको उपाधि दाबेदार भारतले अभ्यास खेलमा लजास्पद पराजय हार व्यहोरेको छ । शनिबार भएको पहिलो अभ्यास खेलमा न्यूजिल्याण्डसँग ६ विकेटको पराजय भोगेको हो । इङ्ल्याण्डको लण्डनमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ ब्याटिङ गरेको भारत ३९.२ ओभरमा सबै विकेट गुमाई १७९ रनमा सकेटियो । १८० रनको लक्ष्य न्यूजिल्याण्ड ३७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतविरुद्ध सहज जित हात पार्ने क्रममा न्यूजिल्याण्डलागि रोस ट्रेलर र कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेले ट्रेलर ७१ र विलियमसनल ७६ रन बनाए । मार्टिन गुप्टिलले २२ र हेनरी निकोलसले १५ रनको योगदान दिए । भारतका लागि जसप्रिट बुमराह, कुलदीप यादव, रवीन्द्र जडेजा, हार्दिक पाण्डेय र चहलले १–१ विकेट लिए ।

भारतलाई कम स्कोरमै रोक्ने क्रममा न्यूजिल्याण्डका ट्रन्ट बोल्टले ४ र जेम्स निशमले ३ विकेट लिए । ओपनरद्वय रोहित शर्मा र शिखर धावनलाई २–२ रनमा गुमाएको भारतीय टोलीका लागि सुरुवाती क्रमका कुनै ब्याट्सम्यानले रन बनाउन सकेनन् । कप्तान विराट कोहलीले १८ रनको योगदान गरे । धोनी १७ रनमा आउट भए । रविन्द्र जडेजाले ५४ र हार्दिक पाण्डेयले ३० रन बनाए ।
विश्वकप अघिको कमजोर प्रदर्शनले उपाधि दाबेदार मध्येको एक प्रमुख टोली भारतलाई झड्का लागेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ