क्यारेबियन लिगमा सन्दीपको अनुबन्ध, ८० लाख पाउने सम्झौता !

2019-05-24

काठमाडौं - नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्वका चर्चित क्रिकेट लिगहरूमा एकपछि अर्को छलाङ मारिरहेका छन् । सन्दीप बुधबार मात्र क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वेन्टी क्रिकेटमा महँगो रकममा अनुबन्ध भएका छन् ।

लिगका लागि ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार अबेर बार्बाडस ट्राइडेन्ट्सले अनुबन्ध गरेको हो । सन्दीप लगातार दोस्रो वर्ष सीपीएलमा छनोट भएका हुन् । उनले अघिल्लो सिजन सेन्टकिट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । त्यति बेला उनले पाँच खेलमा सात विकेट लिएका थिए ।

गत वर्ष ६ हजार अमेरिकी डलरमा अनुबन्ध भएका सन्दीप यसपटक निकै महँगो रकममा अनुबन्ध भएका छन् । सन्दीपले बार्बाडसबाट यसपटक कम्तीमा ७० हजार अमेरिकी डलर (करिब ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् । लन्डनमा गरिएको अनुबन्धनका लागि ड्राफ्टमा सन्दीपसँगै नेपालका बलर सोमपाल कामी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहितकुमार पौडेल समावेश थिए । नेपालका तीन खेलाडी भने अनुबन्धनमा परेनन् ।

सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म वेस्टइन्डिजमा हुनेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ