कतार विश्वकपमा पनि ३२ टोली मात्र सहभागी गराइने

2019-05-24

दोहा - सन् २०२२ मा कतारमा आयोजना हुने विश्व कप फुटबलमा ३२ टोलीको मात्र सहभागिता रहने विश्व फुटबल महासंघ (फिफा)ले जनाएको छ । फिफाले यसअघि कतार विश्वकपदेखि नै सहभागी संख्या ३२ बाट बढाएर ४८ बनाउने विषयमा छलफल र तयारी गरिरहेको थियो । गल्फ राष्ट्रबीच देखिएको आन्तरिक टकरावका कारण सहभागी संख्या बढाउन गाह्रो भएको फिफाले जनाएको छ ।

‘मध्यपूर्वी गल्फ क्षेत्रमा अहिले राजनीतिक परिस्थिति बिग्रिएको छ । कतारले मात्र ४८ टोली र समर्थकको चाप धान्न नसक्ने देखिन्छ । त्यसैले फिफा ३२ टोलीलाई नै निरन्तरता दिने निर्णयमा पुगेको हो । कतारले मानव अधिकार, श्रमसम्बन्धी कुनै पनि समस्याबिना विश्वकप आयोजना गर्ने विश्वास व्यक्त गरिरहेको छ । व्यवस्थापन सहज बनाउन सहभागी संख्या बढाउन सकिएन’, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भनेका छन् ।

फिफाको अध्ययनअनुसार कतारमा सहभागी टोली संख्या बढाउँदा कम्तीमा १६ खेल कतारबाहिर खेलाउनुपर्ने अवस्था देखिएको थियो । हाल छिमेकी राष्ट्रसँग कतारको सम्बन्ध चिसिएको छ । कतारलाई लामो समयदेखि छिमेकी मुलुकहरुले नाकाबन्दी गर्दै आएका छन् । यूएई, बहराइन र साउदी अरेबियालाई सहआयोजकका रूपमा लिएर सहभागी संख्या बढाउने फिफाको योजना गल्फ राष्ट्रबीच चिसिएको सम्बन्धका कारण विफल भएको हो ।

कुवेतले आयोजनाको इच्छा देखाए पनि त्यहाँको रंगशाला निर्माण र तयारीको लागि समय अभाव हुने निष्कर्ष पनि फिफाले निकालको छ । तर ओमानले आयोजना गर्ने इच्छा नै देखाएन । विश्व कपमा सहभागी संख्या बढाउँदा एसिया, अफ्रिकालगायत साना देशहरूले पनि विश्वकपमा सहभागिता जनाउने मौका पाउने विश्लेषण गरिएको थियो ।

तर, युरोेपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष अलेकजेन्डर सेफेरिनले भने कतार विश्वकपमा सहभागी संख्या बढाउने विषयको विरोध गर्दै आएका थिए । सन् २०२६ को विश्वकपमा भने सहभागी देश ४८ नै हुनेछ । सन् २०१८ को रुस विश्वकपका क्रममा भएको फिफा कंग्रेसले सन् २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता पक्का गरेको थियो । उक्त कंग्रेसमा भएको निर्वाचनबाट विश्वकप आयोजनाको अधिकार अमेरिका, क्यानडा र मेक्सिकोले पाएका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ