भारतीय लोकसभा चुनाव : मोदीको भाजपालाई दर्बिलो बहुमत

2019-05-24

नयाँ दिल्ली - भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेका छन् ।

भाजपाले शुक्रबार बिहान ६ बजेसम्म २८९ सिटमा जितिसकेको छ । १४ सिटमा अग्रता लिएको छ । विपक्षी कंग्रेस आईका उम्मेदले ५० सिटमा जित हासिल गरेका छ र एक सीटमा अग्रता बनाएको छ । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउनबाहेक कुनै प्रभाव देखाउन सकेन ।

सात चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा १७ सीटमा बढीमा जित हात पारिसकेको छ ।

भाजपा नेतृत्वको एनडीए (नेसनल डेमोक्रेटिक एलायन्स) जित र मतगणनामा लिएको अग्रताका आधारमा करिब ३५० सीट जित्ने सम्भावना देखिएको छ । उता कांग्रेस नेतृत्वको यूपीए (युनाइटेड प्रोग्रेसिभ एलायन्स) ले करिब ९५ सिट जित्ने अनुमान छ । यसपटक पनि कांग्रेसले प्रतिपक्षी दलको मान्यता पाउन कुल सिटको १० प्रतिशत अर्थात् ५५ सिट नजित्ने देखियो ।

जिजुबाजे जवाहरलाल नेहरुका पालादेखि कांग्रेसले जित्दै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष राहुल गान्धी पराजित भएका छन् । पराजय स्विकार्दै उनले भाजपाकी स्मृति इरानीलाई बधाई दिएका छन् ।

यसैगरी बिहारको बेगुसरायबाट भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका जवाहरलाल नेहरु विश्वविद्यालयका चर्चित छात्र नेता कन्हैया कुमार पनि भाजपाका गिरिराज किशोरसँग पराजित भएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ