हैदराबादलाई पाखा लगाउँदै दिल्ली दाेस्राे क्वालिफायरमा, फाइनलमा पुग्न चेन्नईसंग भिड्ने !

2019-05-09

नयाँ दिल्ली - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार भएकाे खेलमा सनराइजर्स हैदराबादलाई पाखा लगाउँदै दिल्ली क्यापिटल्सले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गरेकाे छ। हैदराबादलाई २ विकेटले पराजित गर्दै दिल्लीले चेन्नई सुरपकिंग्ससँगकाे भिडन्त पक्का गरेकाे हाे।

टस हारेर पहिले ब्याटिङ गरेकाे हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएकाे थियाे। हैदराबादका लागि मार्टिन गुप्तिलले सर्वाधिक ३६ तथा मनिश पाण्डेले ३० रनकाे याेगदान दिए। दिल्लीका केमाे पाैलले ३ तथा इशान्त शर्माले २ विकेट हात पारे।

जीतका लागि १ सय ६३ रनकाे लक्ष पाएकाे दिल्लीले अन्तिम बल अगावै लक्ष पूरा गरेकाे थियाे। दिल्लीका लागि पृथ्वी शाहले ५६ तथा रिसभ पन्तले ४९ रनकाे याेगदान दिए। एक समय १४ ओभरमा ३ विकेट गुमाएर १ सय ११ रनकाे स्थितिमा रहेकाे दिल्लीले १५औं ओभरमा २ विकेट गुमाएपछि भने खेलले अर्काे माेड लिएकाे थियाे।

आफ्नाे अन्तिम ओभर बलिङ गर्न आएका हैदरबादका रासिद खानले ब्याटिङमा जमिरहेका काेलिन मुनराे र अक्षर पटेललाई ओभरकाे पहिलाे र अन्तिम बलमा आउट गराएका थिए।

लडखडाउन लागेकाे दिल्लीकाे पारीलाई रिसभ पन्तले सम्हालेका थिए। १८औं ओभरमा उनले २२ रन जाेडेपछि दिल्लीकाे जित सुरनिश्चित जस्तै बनेकाे थियाे।

अन्तिम १२ बलमा ८ रन चाहिएकाे अवस्थामा भुवनेश्वर कुमारले पन्तलाई ४९ रनकाे अवस्थामा पेवेलियन फर्काइदिएपछि दिल्ली थप दबाबमा आएकाे थियाे। पन्तले आउट हुनुअघि मात्र २१ बलमा २ चाैका र पाँच छक्काकाे मदतले ४९ रन जाेडे।

अन्तिम ओभरमा दिल्लीलाई जितका लागि ६ बलमा ५ रनकाे आवश्यकता थियाे। दिल्ली सामान्य हिसाबले रन बनाएर जित सुनिश्चित गर्ने दाउमा थियाे। तर खलिल अहमदकाे चाैथाे बलमा अमित मिश्रा बिट भएपनि रन बनाउन दाैडिए।

यही समयमा थप ट्विस्ट थपियाे। कारण थियाे मिश्रा आउट हुनु। उनी रन आउट भएका थिएनन्। अहमदले स्टम्प्स्‌तर्फ हिर्काउँदा अवराेध गरेकाे यानेकी 'अब्सट्रक्ट दि फिल्डिङ' का कारण मिश्रा आउट हुन पुगे। हैदराबादकाे अपीलमा अम्पायरले मिश्रलाई आउट गरिदिएका थिए।

तर त्यस लगत्तै बलमा केमाे पाैलले चाैका हिर्काउँदै खेल आफ्नाे पक्षमा पारे। याेसँगै हैदराबादकाे याे सिजनकाे आइपिएल यात्रा सकिएकाे छ।

दिल्लीले फाइनलमा स्थान सुरक्षित गर्न शुक्रबार चेन्नईसँग प्रतिस्पर्धा गर्नेछ। यस खेलकाे विजेताले फाइनलमा मुम्बईकाे सामना गर्नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ