लिभरपुलको उत्कृष्ट पुनरागमन : बार्सिलोनालाई हराउंदै च्याम्पियन्स लिगको फाइनलमा

2019-05-08

काठमाडौं - आफू र साथमा रहेको समूहको क्षमतामाथि विश्वास एवम् विपक्षीको अवस्थाबारे समझ रहेमा अप्ठ्यारै भए पनि सजिलोसँग पार गर्न सकिन्छ, यसलाई पछिल्लोपटक आत्मसाथ गरेर देखाएको छ लिभरपुलले । इंग्लिस क्लब लिभरपुलले असम्भव देखेको र स्वयम् टिम नै अप्ठ्यारोमा रहेका बेला पनि विश्वास नगुमाइ र विपक्षीलाई कमजोर नदेखी ऐतिहासिक सफलता हात पारेको छ । उसले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा सबैले सम्झने उत्कृष्ट पुनरागमन गरेको छ, दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई हराएर ।

घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेको लियोनल मेस्सी कप्तानीको स्पेनिस च्याम्पियन बार्सिलोना दोस्रो लेगमा उच्च मनोबलका साथ लिभरपुलको मैदानमा आएको थियो मंगलबार राति । तर लिभरपुलले पहिलो लेगमा बेहोरेको हारको मात्रै बदला लिएन उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनाको बाटो छेकेर फाइनलमा आफ्नो स्थान बनायो ।

घरेलु मैदानमा भएको खेलमा जर्गेन क्लोपको टिम लिभरपुलले बार्सिलोनलाई ४–० ले हरायो र समग्रमा ४–३ को जितसहित लगातार दोस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान बनायो । चोटका कारण स्टार खेलाडीहरु मोहम्मद सालह र रोबर्टो फिरमिनो मैदानमा थिएनन् र पनि लिभरपुलले आफ्नो उद्देश्यबाट ध्यान भड्किन दिएन । उसले घरेलु मैदानमा जित निकालेको बार्सिलोनालाई अवे मैदानमा अर्थात आफ्नो मैदानमा स्तब्ध बनायो ।

लिभरपुलको जितमा डिभोक ओरिजी र जोर्जि्नियो वाइनाल्डमले दुई–दुई गोल गरे । पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल भएको हो ।
सातौँ मिनेटमा ओरिजीले गोल गर्दै लिभपुललाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफमा थप खेलाडीका रुपमा आएका वाइनाल्डमले ५४ र ५६ औँ मिनेटमा गोल गरे र दोस्रो लेगमा ३–० को अग्रता तथा समग्रमा ३–३ को बराबरी गरे । उनले १२२ सेकेण्डको बिचमा दई गोल गरेका हुन् ।

टिमलाई जितका लागि एक गोल चाहिएको थियो र त्यो पूरा गरे ७९ औँ मिनेटमा ओरिजीले । ओरिजीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको जित र पुनरागमन दुवै निश्चित भएको हो ।

यो खेलमा बार्सिलोना स्टार खेलाडीका बाबजुद खासै प्रभावकारी देखिएन । पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले दोस्रो लेगमा खासै प्रभाव देखाउन सकेनन् । यस्तै लुइस स्वारेज, फिलिप कोन्टिन्हो, जेरार्ड पिके, इभान रेकिटिकसहितका खेलाडीको कमाल पनि खासै देखिएन ।
लिभरपुलले उपाधिका लागि आउँदो जुन १ मा मड्रिडमा अजाक्स वा टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ