2019-05-07 |
प्रदेश १
१२.६८% बजेट खर्च
विकासतर्फ
बजेट : १८ अर्ब ८७ करोड
खर्च : २ अर्ब १२ करोड
नियमिततर्फ
बजेट : १४ अर्ब ५५ करोड
खर्च : २ अर्ब ४४ करोड
संरचना ढिला बने, खर्च पनि ढिलै भयो
इन्दबहादुर आङ्बो,अर्थमन्त्री
ढिला संरचना बन्दा बजेट खर्च पनि ढिलै सुरु भयो । खरिद ऐन प्रक्रियाको झन्झट, स्थानीय तहसँगको समन्वय र कानुनको अभावले अपेक्षाअनुसार बजेट खर्च हुन सकेन । अबको तीन महिनाभित्र कुल बजेट खर्च ६० प्रतिशत पु-याउँछौँ ।
प्रदेश २
१२.९२% बजेट खर्च
विकासतर्फ
बजेट : १५ अर्ब ३१ करोड
खर्च : १ अर्ब ९२ करोड
नियमिततर्फ
बजेट : १४ अर्ब ४७ करोड
खर्च : १ अर्ब ९३ करोड
मन्त्रीले खर्च गर्न मिलेन, कर्मचारी छैनन्
उषा यादव,अर्थराज्यमन्त्री
संघीय सरकारलाई पटक–पटक कर्मचारीको व्यवस्थापनका लागि आग्रह ग-यौँँ । तर, अहिले पनि धेरै मन्त्रालयमा सचिवसहित कर्मचारीको अभाव छ । यो अवस्थामा काम कसरी हुन्छ ? मन्त्री आफैँले त गर्ने होइन नि, कर्मचारी नै चाहिन्छ ।
प्रदेश ३
१७% बजेट खर्च
विकासतर्फ
बजेट : २१ अर्ब ७५ करोड
खर्च : १ अर्ब ७९ करोड
नियमिततर्फ
बजेट : ८ अर्ब ५७ करोड
खर्च : ४ अर्ब ३७ करोड
व्यवस्थापनमै समय बित्यो, त्यसैले खर्च भएन
कैलाशप्रसाद ढुंगेल,अर्थमन्त्री
सरकार गठनको एक वर्ष हामी व्यवस्थापनमा जुट्यौँ । मन्त्रालय, विभिन्न विभाग र कार्यालय सञ्चालनको तयारी र व्यवस्थापनमा धेरै समय गयो । त्यसकारण विकास खर्च बढ्न सकेन । आगामी वर्षमा चालूसँगै पुँजीगत खर्च पनि बढ्नेछ ।
गण्डकी
१५% बजेट खर्च
विकासततर्फ
बजेट :१५ अर्ब ९१ करोड
खर्च : १ अर्ब ९१ करोड
नियमिततर्फ
बजेट : ८ अर्ब ११ करोड
खर्च : १ अर्ब ७६ करोड
अन्तिमसम्म ८० प्रतिशत खर्च पुग्छ
पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री
वर्षको अन्त्यसम्ममा पुँजीगत खर्च ८० प्रतिशत पुग्छ । काम शून्यबाट सुरु गर्नुप-यो । त्यसमाथि केन्द्र सरकारले कर्मचारी र स्रोतसाधन पठाएन । त्यसले केही समस्या भयो । तर, अब धेरैजसो आयोजना सुरु भइसके । त्यसैले खर्च पनि राम्रै हुन्छ ।
प्रदेश ५
२५% बजेट खर्च
विकास बजेट : १६ अर्ब ६२ करोड
नियमित बजेट : ११ अर्ब ४६ करोड
कोलेनिका प्रदेश ५ का प्रमुख दीपक ज्ञवालीका अनुसार बजेटको २५ प्रतिशत खर्च भएको छ
बजेट कार्यान्वयनमा अब तीव्रता आउँछ
बैजनाथ चौधरी,प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री
पछिल्ला दिनमा बजेट कार्यान्वयनमा तीव्रता आएको छ । वर्षको सुरुमा बजेट कार्यान्वयन गर्ने संरचना थिएन । त्यसैले खर्च कम भयो । तर, अब गति लिएका छौँ । पूर्वाधारका काम बढेका छन् । बजेट कार्यान्वयन पनि सन्तोषजनक हुनेछ ।
कर्णाली
११.९४% बजेट खर्च
विकासततर्फ
बजेट : १८ अर्ब ८३ करोड
खर्च : १ अर्ब ९४ करोड
नियमिततर्फ
बजेट : ६ अर्ब ९० करोड
खर्च : १ अर्ब १४ करोड
बाँकी अवधिमा बजेट खर्चको लक्ष्य पूरा हुन्छ
प्रकाश ज्वाला,अर्थमन्त्री
प्राविधिक कर्मचारी नभएकाले सबैभन्दा बढी बजेट होल्ड गरेको मन्त्रालयकै पनि बजेट खर्च भएन । पछिल्लो समय काममा तीव्रता दिइएको छ । वैशाखमा पनि केही खर्च बढेको छ । बाँकी अवधिमा शतप्रतिशत नभए पनि बजेट खर्चको लक्ष्य पूरा हुन्छ ।
सुदूरपश्चिम
१६.४१% बजेट खर्च
विकासतर्फ
बजेट : १० अर्ब १९ करोड
खर्च : १ अर्ब ५५ करोड
नियमिततर्फ
बजेट : १२ अर्ब २६ करोड
खर्च : २ अर्ब १३ करोड
प्रदेशभन्दा केन्द्र सरकारको दोष छ
झपटबहादुर बोहरा,अर्थमन्त्री
बजेट खर्च नहुनुमा प्रदेश सरकार होइन, संघीय सरकार दोषी छ । केन्द्रबाट कर्मचारी वेलैमा नपठाउँदा खर्च हुन नसकेको हो । वर्षको अन्त्यतिरमात्रै कर्मचारी व्यवस्थापन भएको छ । नीति–नियम बनाउनुपर्दा पनि बजेट कम खर्च भएको हो ।
नयाँ पत्रिका - विराटनगरमा गणेश लम्साल, जनकपुरमा हदिश खुद्दार, हेटौँडामा सुदीप सिवाकोटी, पोखरामा रोहितराज पराजुली, बुटवलमा विष्णु घिमिरे, सुर्खेतमा खगेन्द्र भट्टराई र धनगढीमा तेजराज भट्ट
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...