मुम्बईमाथि रसेलको अलराउण्ड प्रदर्शन, कोलकत्ताको भब्य र सहज जित

2019-04-29

काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल)मा आतबार राति भएको खेलमा कोलकाताका लागि आन्द्रे रसेलले अलराउण्डर प्रदर्शन गरेका छन् । मुम्बई इन्डियन्समाथि ३४ रनको जित निकाल्ने क्रममा ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा रसेल अब्बल सावित भए । मुम्बईमाथि कोकाताले २० ओभरमा २ विकेट मात्रै गुमाएर २३२ रनको बिशाल स्कोर खडा गरेको थियो । २३३ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाउन सक्यो ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भएको खेलमा मुम्बईले टस जितर पलिले फिल्डिङ रोजेको थियो । सुरुमा ब्याटिमा आएका कोलकाताका ओपनरले मुम्बईमाथि निरन्तर आक्रमण गरे ९.३ ओभरमा ९६ रन बनाउँदा ओपनर क्रिस लिन २९ बलमा ५४ रन बनाएर आउट भएपछि आन्द्रे रसेल क्रिजमा छिरे । अरुबेला पाचौं, छैटौं नम्बरतिर ब्याटिङ आउने रसेल सुरुमै आक्रमणमा उत्रिएनन् । केही समय समालिएर खेलेपछि आक्रमणमा उत्रिएका रसेल अन्मि बलसम्म पनि रोकिएनन ।

उनको साथमा रहेका अर्का ओपनर सुभमान गिलले अर्काे साइडबाट निरन्तर आक्रमण गरी टोलीलाई उच्च स्कोरतर्फ तर्फ लम्काए । १५.२ ओभरमा गिल आउट भएपनि रसेल भने उत्तिकै आक्रामकरुपमा प्रस्तुत भइरहे । गिलले ४५ बलमा ७६ रन बनाए । रसेलले ४० बलमा ८ छक्का र ६ चौकासहित ८० रन बनाई अविजित रहे । ८० रनमा उनले ७२ रन बाउन्ड्रीबाट मात्रै जोडे ।

विशाल स्कोर पछ्याएको मुम्बईका लागि सुरुवात गतिलो बल्न सकेन मुम्बईविरुद्धको बलिङमा पनि रसेल नै हाबी भए । ४ ओभरमा रसेलले जम्मा २५ रन दिएर २ विकेट लिई कोलकाताका लागि सबैभन्दा किफायती बलर बने । मुम्बईले सुरुवातका चार महत्वपूर्ण ब्याट्सम्यानलाई सस्तैमा गुमायो । क्वीन्ट डिकोड शून्य रनमा आउछ भए । रोहति शर्मा १२, इभिन लुवीस १५, सूर्यकुमार यादव २६ रनमा आउट हुँदा ८.२ ओभरमा मुम्बई ५८ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा पुग्यो ।

पाचौं विकेटका लागि किरन पोलार्ड र हार्दिक पाण्डेयले उत्कृष्ट साझेदारी गरे। पोलार्ड १३.२ ओभरमा २० रन बनाएर आउट हुँदा मुम्बईको स्कोर १२१ रन थियो । छैटौं नम्बरमा ब्याटिङमा आएका हार्दिक पाण्डेयले अविश्वासनीय प्रदर्शन गरे । उनले जम्मा ३४ बलमा ९ छक्का र ९ छक्काको मद्दतमा ९१ रनको विस्फोटक पारी खेले । उनको आइपीएलमा यो सर्वाधिक स्कोर हो । छैटौं विकेटका लागि उनलाई क्रुनल पाण्डेयले पनि राम्रो साथ दिएका थिए ।

१८ औं ओभरमा अन्तिम बलमा हार्दिक इङ्ल्याण्डका बलर हेरी गुर्नीको बलमा रसेलबाट क्याच आउट भएपछि मुम्बईको झिनो आशा पनि समाप्त भयो । हार्दिक बाहिरिँदा स्कोर १८५ रन बनेको थियो । यो बल बान्ड्री पार गरेको भए र हार्दिक पाण्डेय क्रिजमा टिकेको भए । उनले टोलीलाई जितसम्म पुर्‍याउन सक्ने सम्भावना थियो ।

इडेन गार्डेनमा आइतबारको राति वेस्टइन्डिजका अलराउण्डर आन्द्रे रसेलको रात बन्यो । ४० बलमा ८० रन, किफायती बलर बन्दै महत्वपूर्ण ब्याट्सम्यान इभिन लुवीस र सूर्यकुमार यादवको विकेट लिए । यस सिजनको आईपीएल रसेल चम्किरहेका छन् । पछिल्ला ३ खेलमा सुस्ताएका उनले पुनः आइतबार आफ्नो रूप देखाए । रसेलले ११ खेलमा ब्याटिङ गर्दा ४८६ रन बनाएका छन् । यस सिजन आईपीएलमा सर्वाधिक रन बनाउनेको सूचीमा उनी दोस्रो स्थानमा छन् । ६११ रन बनाएका हैदराबादका डेभिड वार्नर पहिलो नम्बरमा छन् ।

पहिलो विकेटका लागि डिकोकको क्याच लिए भने आक्रमक रुपमा प्रस्तुत भएको हार्दिक पाण्डेयको बाउन्ड्रीतर्फ बढेको बल पनि रसेलले क्याच गरी टोलीको जि सुनिश्चित गरे ।
यस जितबाट कोलकाताले प्लेअफको सम्भावना जीवीतै राखेको छ । जित हात पार्दै प्लेअफमा स्थान बनाउने मुम्बईको चहाना पूरा भएन । मुम्बई १४ अंकका साथ तेस्रो सथनमा रहँदा, कोलकाता १० अंकसहित पाचौं स्थानमा ५ दुवैले १२ खेल खेलेका छन् । दिल्ली र चेन्नईले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ