श्रीलंका बम विस्फाेटमा परि मृत्यु हुनेको संख्यामा संशाेधन, रक्षा सचिवले दिए राजीनामा

2019-04-26

काेलम्बाे- श्रीलंका सरकारले आइतबार भएकाे शृंखलाबद्ध बम विस्फाेटमा मर्ने मानिसकाे संख्या संशाेधन गरेकाे छ। यसअघि ३ सय ५० भन्दा बढीकाे मृत्यु भएकाे बताइए पनि श्रीलंकाकाे स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मृतककाे संख्या करिब २ सय ५३ मात्रै रहेकाे बताएकाे हाे।

मन्त्रालयले विज्ञप्तिमा मृतककाे संख्या गणनामा गल्ती भएकाे स्वीकार गरेकाे छ। श्रीलंकाकाे राजधानी काेलम्बाे तथा पूर्वी शहर बट्टीकालोआमा आइतबार होटल र गिर्जाघरलाई निशाना बनाइएकाे थियाे। यस घटनामा ५ सयकाे हाराहारीमा घाइते भएकाे पनि मन्त्रालयले जनाएकाे छ।

मृतकहरुमा अधिकांश श्रीलंकाली नागरिक रहेकाे तथा ४५ जना विदेशी नागरिककाे पनि ज्यान गएकाे बताइएकाे छ। विभिन्न समय र स्थान गरी कूल ९ वटा बम विस्फाेट गराइएकाे थियाे। यस घटनामा संलग्न रहेकाे आशंकामा प्रहरीले ७० जनालाई हिरासतमा समेत लिएकाे छ।

मंगलबार अन्तर्राष्ट्रिय आतंकवादी संस्था इस्लामिक स्टेट (आइएस)ले घटनाकाे जिम्मेवारी लिँदै बुधबार बम विस्फाेट गराउने ८ लडाकुकाे तस्बिर समेत सार्वजनिक गरेकाे थियाे। यता प्रहरीले भने घटनामा ९ जनाकाे संलग्नता रहेकाे भन्दै तस्बिर समेत सार्वजनिक गरेकाे बिबिसीले लेखेकाे छ। पक्राउ पर्नेमा ८ जना श्रीलंकाली नागरिक रहेकाे पनि जनाइकाे छ।

घटनामा आइएसकै हात रहे/नरहेकाे बारेमा सरकारले जाँच गरिरहेकाे छ।

रक्षा सचिवले दिए राजीनामा

यसैबीच, हमलापछि सुरक्षा प्रमुखहरुलाई राजीनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजीनामा मागेपछि रक्षा सचिव हेमसिरी फर्नान्डोले बिहीबार पदबाट राजीनामा दिएका हुन्। राष्ट्रपति सिरीसेनाले हमला अगावै गाेप्य सूचना प्राप्त गर्दा पनि राेक्न विफल भएकाे जनाउँदै राजीनामा मागेका थिए।

श्रीलंकाका गिर्जाघरहरुले कुनैपनि कार्यक्रम आयाेजना नगर्ने बताएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ