नेकपा एकता : नौ केन्द्रीय समिति सदस्य बने जिल्ला सचिव !

2019-04-23

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको जिल्ला तहको एकता प्रक्रिया टुंग्याउन भागबन्डामा भएको सहमतिपछि पनि अन्तिम समयमा चार जिल्लामा हेरफेर गरिएको छ। पूर्वएमालेको भागमा परेका जिल्लामध्ये चार जिल्ला हेरफेरमा परेका हुन्। सहमतिअनुसार उदयपुर, खोटाङ र महोत्तरीको जिल्ला नेतृत्व पूर्वएमाले र अर्घाखाँची पूर्वमाओवादीको भागमा परेको थियो। तर दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले सोमबार बिहान त्यसमा हेरफेर गरेको स्रोतले बतायो। जसअनुसार उदयपुर, खोटाङ र महोत्तरी पूर्वमाओवादीलाई दिएर अर्घाखाँची मात्रै पूर्वएमालेले लिएको थियो।

अध्यक्षद्वय र वरिष्ठ नेता माधवकुमार नेपालसहित भएको छलफलमा ती जिल्लालाई पूर्वएमालेकै भागमा राखिएको थियो। सहमति फेरिँदा पूर्वएमालेका जिल्ला अध्यक्ष अब सचिवको भूमिकामा रहेका छन्। उदयपुरका तत्कालीन एमाले अध्यक्ष ईश्वरमणि राउत सचिवालय सदस्य ईश्वर पोखरेल निकट मानिन्छन्। उनलाई पार्टीको जिल्ला सचिव बनाइएको छ। त्यस्तै खोटाङका बबी चाम्लिङ माधव नेपाल निकट मानिन्छन्। उनलाई पनि सचिव बनाइयो भने महोत्तरीका सौकीलाल यादव पनि नेपाल निकटकै जिल्ला अध्यक्ष हुन्। उनलाई पनि सचिव बनाइयो। ‘केही हेरफेर भए पनि नेपाल असन्तुष्ट हुनहुन्न। उहाँले राखेको मापदण्डअनुसार भएकाले त्यसलाई अन्यथा लिनुभएको छैन’, नेपाल निकट स्रोतले भन्यो।

नेता नेपाल सोमबार नेकपाले स्थापना दिवस मनाइरहेको कार्यक्रमको बीचमै बाहिरिएका थिए। यसबाट उनी एकता प्रक्रियामा असन्तुष्ट रहेको अर्थ लगाइएको छ। ‘साँखुमा सडक हस्तान्तरणसम्बन्धी कार्यक्रम थियो। उहाँ (नेता नेपाल) आफ्नो निर्वाचन क्षेत्रमा पर्ने साँखुको कार्यक्रममा सहभागी हुन जानुभयो। त्यहाँबाट फर्केर आएपछि पारिवारिक काममा व्यस्त हुनुभयो’, नेपालका स्वकीय सचिव मोहन गौतमले भने। उनका अनुसार साँखुको कार्यक्रम र पारिवारिक कार्यक्रम भएकाले त्यहाँबाट छिटो हिँड्नुपरेको हो।

सहमतिअनुसार पाँचथरमा राजकुमार भण्डारी, इलाममा राम राना मगर, झापामा चिन्तक पाठक, धनकुटामा राजेन्द्र राई, तेह्रथुममा लक्ष्मण तिवारी, संखुवासभामा हेमराज घिमिरे, मकवानपुरमा मनु सिग्देल, पाल्पामा नारायण आचार्य, अछाममा शेरबहादुर कुँवर, रौतहटमा कमल यादव, सर्लाहीमा रेवती पन्त, दाङमा टीकाराम खड्कालगायत १६ जिल्ला अध्यक्ष नेपाल पक्षका रहेको स्रोतले जनाएको छ। पूर्वमाओवादीको भागमा रहेको सोलुखुम्बु संयोगले पूर्वएमालेले पाएको छ। पूर्वमाओवादीबाट सोलुखुम्बुका दुई नेता केन्द्रीय सदस्य भएकाले जिल्ला अध्यक्ष र इन्चार्ज एकै समूहका भए भने अप्ठ्यारो हुन्छ भनेर सोलु पूर्वएमालेको भागमा परेको स्रोतले जनाएको छ। त्यसको साटो खोटाङ पूर्वमाओवादीको भागमा परेको हो।

नौ केन्द्रीय सदस्य बने जिल्ला सचिव
जिल्ला कमिटीको एकता प्रक्रिया मिलाउँदा नौजना केन्द्रीय सदस्य जिल्ला सचिव भएका छन्। तत्कालीन माओवादीतर्फका आठजना र पूर्वएमालेका एकजना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका हुन। उनीहरुले अब आफूभन्दा कनिष्ठको मातहत रहेर काम गर्नुपर्ने अवस्था आएको छ। केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं), शालिकराम जमकट्टेल (धादिङ), दधिराम न्यौपाने (रुपन्देही) र प्रमोदनारायण यादव (सिरहा) छन्। प्रमोदनारायण यादव मात्रै पूर्वएमालेका तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन भएका थिए।

मोरङमा तत्कालीन एमालेको अध्यक्षसमेत रहेका र हाल केन्द्रीय सदस्यमा बढुवा भएका विनोद ढकाल अध्यक्ष बनेका छन्। पूर्वमाओवादीबाट जिल्ला अध्यक्ष बनाइएका धेरै नेता केन्द्रीय सदस्य भए पनि पूर्वएमालेबाट जिल्ला अध्यक्ष बन्नेमा ढकाल र कृष्ण राई मात्र केन्द्रीय सदस्य हुन्। पूर्वएमालेका तर्फबाट अध्यक्ष भएकाहरुले आफू सचिवमा बस्नुपरेको भन्दै असन्तुष्टि जनाएका छन्। खोटाङका बबी चाम्लिङ, उदयपुरका ईश्वरमणि राउत, कञ्चनपुरका तारा लामा, डडेल्धुराका डा. तारा जोशी, रामेछापका शान्तिप्रसाद पौडेल आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाएको भन्दै असन्तुष्ट भएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ