राजस्थानमाथि दिल्लीको सानदार जित, दिल्ली शीर्ष स्थानमा

2019-04-23

काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल)मा सोमबार राति भएको खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले सानदार जित निकालेको छ । राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

जयपुर मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । १९२ रनको लक्ष्य दिल्लीले १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितका लागि रिशब पन्तले फिस्फोटक ब्याटिङ गरे । जम्मा ३६ बलको सामना गरेका उनले ६ चौका र ४ छक्कासहित ७८ रन बनाई अविजित रहे । त्यसबाहेक शिखर धावनले ५४ र पृथ्वी शाले ४२ रनको योगदान गरे । कप्तान श्रेयस अयर भने ४ रन बनाएर आउट भए ।

पहिले ब्याटिङमा उत्रिएको राजस्थानले दिल्लीविरुद्ध विस्फोटक ब्याटिङ गर्‍यो । ओपनर सन्जु सामसनलाई शून्य रनमै गुमाएको राजस्थानका लागि अजिंका राहने र कप्तान स्टेभेन स्मीथले ७१ बलमा १३० रनको साझेदारी गरे । रहाने १०५ रन बनाई नटआउट हुँदा स्मीथ ५० रन बनाएर पेभिलियन फर्किए । रहानेले आईपीएलमा ब्यक्तिगत दोस्रो शतक बनाएका हुन्।

उच्च स्कोरतर्फ बढिरहेको राजस्थानको १६औं ओभरमा बेट स्ट्रोकको विकेट गुमेपछि रन बन्ने गति सुस्त बन्यो जसका कारण अपेक्षित स्कोर बनाउन सकेन ।

दिल्लीका लागि कागिसो रबाडाले २ विकेट लिए भने इशान्त शर्मा, अक्सर पटेल, क्रिस मोरिसले १–१ विकेट लिए । यस खेलमा दिल्लीले सन्दीप लामिछानेको सट्टा अलराउण्डर क्रिस मारिसलाई उतारेको थियो । मोरिस यस खेलमा सबैभन्दा महंगा बलर बने ४ ओभरमा उनले ४१ रन दिए ।

जितपछि ११ खेल खेल्दा १४ अंक बनाएको दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । १० खेलबाट समान अंक बनाएको चेन्नई रन रेटमा पछि परी दोस्रो स्थानमा छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ