अफगानिस्तानको सूचना मन्त्रालयमा विद्रोहीको आक्रमण

2019-04-20

काठमाडौं - अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको एक अफगान अधिकारीले बताएका छन्। त्यहाँ विस्फोटन भएको र गोली चलेको सुनिएको छ।

मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ः४० बजे विस्फोटन भएको सुनिएको थियो। सशस्त्र आक्रमणकारीहरू र अफगान सुरक्षाकर्मीहरूबीच गोली हानाहान भएको उनले बताए।

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन। सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो। तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ