यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै

2019-04-18

काठमाडौं - युएईसँग अंक तालिकामा पछि परेपछि नेपालको यू–१९ विश्वकप खेल्ने सपना अधुरै रहेको छ।

युएईले बिहीबार आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो। जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ।

६ टोली सहभागी प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान छ।

वर्षाले खेल बिथोलिएपछि दोस्रो खेलमा नेपाल डिएल म्याथडका आधारमा युएईसँग एक रनले पराजित भएको थियो। उक्त पराजयपछि अंक तालिकामा नेपाल पछि परेको हो।

नेपालको अहिले आफ्नो अन्तिम खेल कुवेतविरुद्ध खेलिरहेको छ। उक्त खेलमा जित हात पारे पनि नेपाल ८ अंकका साथ दोस्रो स्थानमा रहनेछ। शीर्ष स्थानको टोली मात्रै विश्वकपका लागि छनोट हुने भएकाले नेपालको सम्भावना सकिएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ