फेरी ताते अध्यक्षद्वय : वैशाख ९ भित्र एकता प्रक्रिया टुंग्याउने जमर्को !

2019-04-16

काठमाडौं - पार्टी एकताको एघार महिनापछि नेकपाले सम्पूर्ण तहको एकता टुंग्याउने भएको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एकताका बाँकी काम टुंगो लगाउन सचिवालयका वरिष्ठ नेताहरुसँग छुट्टाछुट्टै छलफल गरी प्रक्रिया अघि बढाएका छन्। उनीहरूले सोमबार वरिष्ठ नेता माधव नेपालसँग दुई चरणमा छलफल गरेका थिए।

जिल्ला तहको एकताका लागि तत्कालीन एमालेभित्र ओली र नेपाल पक्षबीचमा नेतृत्व टकरावका कारण एकता प्रक्रियाले गति लिन सकेको थिएन। अध्यक्ष ओलीले एकता प्रक्रियाका क्रममा आफूलाई पेलेर जाने रणनीति अख्तियार गर्न खोजेको आशंकामा नेपाल पक्ष सशंकित बन्दै आएको छ। ‘अब एकता प्रक्रिया लम्बिँदैन, वैशाख ९ भित्रै सम्पूर्ण प्रक्रिया टुंग्याउने गरी अगाडि बढेको छ,’ प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली निकट स्रोतले अन्नपूर्णसँग भन्यो, ‘छलफल तीव्रतामा सुरु भएको छ। छिट्टै सचिवालय बैठक बोलाई अध्यक्षद्वयले तयार पारेको प्रस्ताव पारित गरेर एकता प्रक्रियालाई निष्कर्षमा लगिनेछ। ’

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले पनि छलफल सकारात्मक दिशातिर अगाडि बढेकोले एकता प्रक्रिया अब धेरै पर नजाने बताए।‘हामीले गरेका पछिल्ला छलफल सकारात्मक दिशा उन्मुख छन्’, वरिष्ठ नेता नेपालले अन्न्पूर्णसँग भने, ‘सबै विषय सार्वजनिक गरिहाल्ने अवस्था बनिसकेको छैन। तर वैशाख ९ सम्मै एकता टुंग्याउने गरी तयारी हुँदैछ।’

७७ जिल्लामध्ये एकताका क्रममा ४५ पूर्व एमाले र ३२ जिल्लाको अध्यक्ष पूर्व माओवादीले लिने गरी भागबन्डामा सहमति भइसकेको छ। अध्यक्ष पूर्व एमालेले पाएको जिल्लामा सचिव पूर्व माओवादी र पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लाको सचिव पूर्व एमालेले लिने सहमति छ।

तत्कालीन माओवादीतर्फ नेतृत्वका विषयमा अध्यक्ष दाहालको निर्णय एकमत देखिए पनि तत्कालीन एमालेतर्फ भने आमसहमति बन्न नसक्दा एकता प्रक्रिया अड्किरहेको थियो। जिल्ला तहमा एकता नहुँदा नेकपाका हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्।

अध्यक्षद्वयले एकता प्रक्रिया निष्कर्षमा लैजान सचिवालयका विभिन्न नेताहरुसँग एकल र सामूहिक रुपमा छलफल गर्दै आएका छन्। उनीहरूले गत फागुन ३० मा नेताहरु माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग छलफल गरेका थिए। उक्त छलफलमा वरिष्ठ नेता नेपालसँग पनि सहमति गरेर एकताको प्रस्ताव टुंग्याउने भनिए पनि अध्यक्ष ओलीले ईश्वर पोखरेललाई पनि सहभागी गराउनुपर्ने अडान लिएपछि छलफल त्यत्तिकै टुंगिएको थियो।

त्यसबीचमा अध्यक्षद्वयले गौतम, खनाल र पोखरेलसँग छुट्टाछुट्टै छलफल गरेका थिए। गत बिहीबार चन्द्रगिरि हिल्समा ओली, दाहाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापाबीच आवासीय छलफल भएको थियो। त्यसपछि अध्यक्षद्वयले सोमबार नेपालसँग छलफल गरेका हुन्।

नेता नेपाल एकताका क्रममा यसअगाडि नै सचिवालयले बनाएको मापदण्डअनुसार जानुपर्नेमा पक्षमा छन्।उ नले सचिवालयको विशेष परिपत्र २ को बुँदा ५ अनुसार एकता प्रक्रियाको मापदण्ड बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

नेपालले जिल्ला र मातहत कमिटीहरू एकीकरण गर्दा सम्बन्धित कमिटीका निवर्तमान सदस्यलाई राख्ने, संख्या कम गर्नुपर्ने भएमा कमिटीका कनिष्ट सदस्यलाई हटाउने र थप गर्नुपर्ने भएमा सम्बन्धित कमिटीलाई नै आफ्नो तहका वरिष्ठ कार्यकर्ता राख्ने, जिल्ला र मातहत कमिटीका पदाधिकारीमा सम्बन्धित कमिटीका निवर्तमान पदाधिकारीमध्ये वरिष्ठलाई राख्ने, कुनै कमिटीका सबै पदाधिकारी विशेष परिपत्र २ को बुँदा ५ अनुसारका राजकीय पदमा गएका भए सम्बन्धित कमिटीको वरिष्ठतम सदस्यलाई पदाधिकारी बनाउने मापदण्ड लागू गर्नुपर्नेमा अडान लिँदै आएका थिए।

 

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ