यु–१९ विश्वकप छनोट : मलेसियामाथि नेपालको सानदार जित

2019-04-15

काठमाडौं - आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता नेपालले सानदार जित हात पारेको छ। आफ्नो तेस्रो खेलमा नेपालले सोमबार आयोजक मलेसियामाथि ८ विकेटको जित हात पारेको छ।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौकाको मद्दतमा नटआउट ३९ रन जोडे। आसिफ शेख २६ रनमा आउट भएपछि मैदान छिरेका कप्तान रोहित पौडेलले पहिलो बलमै छक्का प्रहार गर्दा नेपालले लक्ष्य पार गरेको थियो। नेपालका लागि पवन सर्राफले १४ बलमा १९ रन जोडे।

त्यसअघि मलेसिया ३३.५ ओभरमा ९२ रनमा अलआउट भयो। मलेसियाका लागि लेजाट ड्यानियलले ३७ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा नेपालका कुशल मल्ल र पवन सर्राफले ३–३ विकेट लिए। कमलसिंह ऐरीले २ विकेट आफ्नो नाममा लेखाए।

यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित गरेको थियो। वर्षाले प्रभावित दोस्रो खेलमा भने नेपालले दुर्भाग्यपूर्ण हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल युएईसँग डिएल मेथड १ रनले पराजित भएको थियो।
अब नेपालले आफ्नो चौथो खेलमा मंगलबार ओमानसँग र बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

अंक तालिकामा युएई लगातार ३ जितसहित शीर्ष स्थानमा छ। नेपाल दुई जित निकालेर दोस्रो स्थानमा छ।

प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।

नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएको विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।

आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ