यू-१९ विश्वकप एसिया छनोट : सिंगापुर माथि नेपालको शानदार जित !

2019-04-12

काठमाण्डाै - नेपालले यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित कुमार पौडेल शतक बनाउनबाट ५ रनले चुके । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए ।

उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रीत गौतम तीन रनमा र आशिफ शेख आठ रनमा आउट भएपछि नेपालले १९ रनमा दुई विकेट गुमाएको थियो ।

त्यसपछि पवन र सन्दीप जोरा लगातार रुपमा आउट भएपछि नेपालले एक सय आठ रनमा चार विकेट गुमायो । नेपालका लागि भिम सार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौं विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुरर्‍याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो ।

त्यसपछि नेपालको स्कोर दुई सय ७४ रन हुँदा रोहित कुमार पौडेल आउट भए । उनले एक सय ५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन् ।

जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो । नौ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले २९ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपालका लागि रासिद खान र कुशल मल्लले चाब्रियालाई दुई रनमा रन आउट गरे । त्यसपछि नेपालले सिंगापुरको स्कोर १४ रन हुँदा दोस्रो विकेट लिन सफल भयो । उसका कप्तान अमन देसाईलाई ब्यक्तिगत एक रनमा कुशल मल्लले आउट गरे । सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर २४ रन हुँदा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । ओपनर वेणुगोपाल १८ रनमा आउट भए ।

त्यसपछि सिंगापुरले स्कोरबोर्डमा अरु ५ रन थप्दा नेपालले चौथो विकेट लियो । उसका सिंगावीलाई सौरभ ढकालले रनआउट गरे । त्यसपछि नेपालका रासिद खानले सिंगापुरको ५ औं विकेट लिन सफल भयो । सो बेला उसका स्कोर ४२ रन थियो । त्यसको लगत्तै सिंगापुरको स्कोर ४५ रन हुँदा नेपालले छैटौ विकेट लियो । पवन सराफले राहुल शर्मालाई खाता खोल्न नदिइ आउट गरे । त्यसपछि फेरी पवनले नै नेपाललाई सातौ सफलता दिलाए । उनले श्रीदेवलाई मात्र एक रनमा आउट गरे । कसिलो बलिङ गरेको नेपालका शूर्य तामाङले २७ औं ओभरमा सिंगापुरको लगातार दुई विकेट लिए । जसका कारण सिंगापुरले ६५ रनमा नौ विकेट गुमायो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ