भारतमा लोकसभा मतदान सुरु, ९१ सिटका लागि भाजपा र कांग्रेसको मुख्य प्रतिष्पर्धा !

2019-04-11

एजेन्सी - भारतमा पहिलो चरणको आमचुनाव सुरु भएको छ । लोकसभाका ५ सय ४३ क्षेत्रमध्ये पहिलो चरणमा २० राज्य र केन्द्रशासित प्रदेशका ९१ सिटका लागि मतदान भैरहेको हो ।

पहिलो चरणमा आन्द्र प्रदेश, अरुणाञ्चल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, निकोबार द्वीप समूह र तेलंगनामाको लोकसभा सिटमा मतदान भैरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यस्तै आन्द्रप्रदेश, सिक्किम, अरुणाञ्चल प्रदेशमा विधानसभाको लागि पनि मतदान भैरहेको छ । ओडिसामा पनि विधानसभाको लागि पहिलो चरणमा मतदान विहिबार हुँदैछ ।

सात चरणमा हुने चुनावमा ९० करोड भन्दा बढि मतदाताले मतदान गर्ने छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो । चुनावबाट बहुमत ल्याउने पार्टीले पाँच वर्ष सरकार बनाउनेछ ।

चुनावमा भारतीय जनता पार्टी र कांग्रेस आईबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसबाहेक केही क्षेत्रमा भाजपालाई विभिन्न क्षेत्रीय गठबन्धनले कडा टक्कर दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकार बनाउनका लागि २ सय ७२ सिट जित्नुपर्छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ