नेतृत्व बिरुद्ध कांग्रेस जिल्ला सभापतिहरु आन्दोलित, थाले यस्तो अभियान !

2019-04-04

काठमाडौँ - कांग्रेसका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । पार्टीको महासमितिको भावना विपरित केन्द्रिय कार्यसमितिले निर्णय गर्न थालेपछि जिल्लासभापतिहरु आन्दोलित भएका हुन् ।

नेतृत्वको विरुद्धमा एकजुट भएका जिल्ला सभापतिहरुको भेलाले नेतृत्वलाई दबाब दिन देशव्यापी हस्ताक्षर अभियान चलाउने निष्कर्षमा पुगेको छ । काठमाडौं बुधबारदेखि जारी भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरेका छन् ।

महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गरेको प्रतिबद्धताअनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको भन्दै जिल्ला सभापतिहरुले नेतृत्वलाई भरथेग गर्न पनि अभियान चलाउनुपर्ने विषयमा छलफल भएको रोल्पाका सभापति अमरसिंह पुनले बताए ।

काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो ।

भेलामा जम्मा ४१ सभापतिकोे उपस्थिति रहेको र त्यसमध्ये अधिकांशले आफ्ना धारणा राखिसकेका छन् । नौ सभापति बुधबार राति मात्र आइपुगेको र आज सबैले आफ्ना धारणा राखिसकेपछि भेला सम्पन्न हुने काठमाडौँका सभापति कृष्ण बाँनिया (सबुज) ले जानकारी दिए ।

भेला सम्पन्नपछि आजै पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ । भक्तपुरका सभापति दुर्लभ थापाले भने जिल्ला सभापतिहरुको कुनै औपचारिक कार्यक्रम नभएको भन्दै उक्त भेलामा संस्थापन पक्षका सभापतिको उपस्थिति नरहेको जानकारी दिए ।

भेलाका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयले पनि कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ