लगानी सम्मेलनमा ३९ खर्बका परियोजना (सुचिसहित)

2019-03-24

लुम्बिनीमा गौतम बुद्ध प्रसूति अस्पताल, दोलखामा फिल्म सिटी, मनाङमा स्की रिसोर्टदेखि निजगढमा विमानस्थल बनाउने आयोजनामा लगानी अपेक्षा

सहरी पूर्वाधार
-हेटौँडा स्मार्ट सिटी हेटौँडा– ३० करोड डलर

-एकीकृत फोहोर व्यवस्थापन धुलिखेल– ४३ लाख डलर

-एकीकृत फोहोर व्यवस्थापन जितपुर–सिमरा– ८३ लाख डलर

-एकीकृत फोहोर व्यवस्थापन रत्ननगर– ५५ लाख डलर

-एकीकृत फोहोर व्यवस्थापन बुटवल– ८५ लाख डलर

-एकीकृत फोहोर व्यवस्थापन जनकपुर– ६४ लाख डलर

-नेपाल इन्टरनेसनल कन्भेन्सन एन्ड एक्स्पो सेन्टर मध्यपुर ठिमी– १ करोड ६० लाख डलर

यातायात पूर्वाधार
-विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विराटनगर– ३६ करोड ४० लाख डलर

-काठमाडौं चक्रपथमा बस र्‍यापिड ट्रान्जिट (बिआरटी)– १४ करोड ९५ लाख डलर

-पूर्व–पश्चिम विद्युतीय रेल– ३ अर्ब डलर

-इन्टरस्टेट एन्ड इन्ट्रास्टेट पब्लिक ट्रान्सपोटेसन प्रोजेक्ट सुदूरपश्चिम– ४ करोेड ३० लाख डलर

-काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे– २ अर्ब ८३ करोड डलर

-काठमाडौं भ्याली मेट्रो काठमाडौं (७७.२८ किमि)– ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ

-निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारा– ६ अर्ब ५६ करोड ५० लाख डलर

-र्‍यापिड पब्लिक ट्रान्सपोर्ट अन रामग्राम–तिलौराकोट (बुद्धिस्ट सर्किट) मेनोरेलका लागि २ अर्ब ३० करोड डलर र बस ¥यापिड ट्रान्जिट (बिआरटी)का लागि २० करोड २० लाख डलर

-काठमाडौं बाहिरी चक्रपथ विकास (७२ किमि)– १ अर्ब ८७ करोड १० लाख डलर

-सामाखुसी–टोखा–छहरे सडक स्तरोन्नति (३४.२ किमि)– २६ करोड ५० लाख डलर

पर्यटन पूर्वाधार

-दमौली मल्टिपर्पोज प्रोजेक्ट– ५ करोड ५० लाख डलर

-दोलखा माउन्टेन एकेडेमी दोलखा– ४ करोड ५० लाख डलर

-ड्रिमल्यान्ड धुलिखेल– ४ करोड ३० लाख डलर

-फिल्म सिटी दोलखा– २ करोड ५० लाख डलर

-गौतम बुद्ध अन्तर्राष्ट्रिय प्रसूति अस्पताल लुम्बिनी– ३ करोड ९० लाख डलर

-जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज धनुषा– २ करोड डलर

-लक्जरी रिसोर्ट, सेफोक्सुन्डो– १० करोड डलर

-स्की रिसोर्ट मनाङ– १० करोड डलर

-तालतलैया थिम पार्क विथ होटेल इटहरी– ४१ लाख डलर

-दी खप्तड टुरिजम, खप्तड नेसनल पार्क– १८ करोड ७० लाख डलर

कृषि

-केमिकल फर्टिलाइजर प्लान्ट– ६५ करोड डलर

-इन्टिग्रेटेड एग्रिकल्चर, वीरेन्द्रनगर (सुर्खेत)– ३१ लाख डलर

-इन्टिग्रेटेड एग्रिकल्चर (चितवन र बनेपा) - ४४ लाख डलर

-इन्टिग्रेटेड एग्रिकल्चर (गोदावरी) अत्तरिया - ३१ लाख डलर

-इन्टिग्रेटेड एग्रिकल्चर (हेम्जा) पोखरा -५६ लाख डलर

-इन्टिग्रेटेड एग्रिकल्चर (पर्सागढी) पर्सा - ६१ लाख डलर

-इन्टिग्रेटेड एग्रिकल्चर (तिलोत्तमा) मणिग्राम - ६५ लाख डलर

-इन्टिग्रेटेड एग्रिकल्चर (उर्लाबारी) मोरङ - ५४ लख डलर

स्वास्थ्य तथा शिक्षा
-धुलिखेल मेडिसिटी : ७ करोड ४० लाख डलर

-एजुकेसन, हेल्थ एन्ड स्पोर्टस् सिटी : १० लख डलर

-गण्डकी टेक्निकल युनिभर्सिटी : ६ करोड १० मिलियन डलर

ऊर्जा

-नल्सिङ गाड हाइड्रोइलेक्ट्रिक : ७३ करोड ९३ लाख डलर

-एसआर६ स्टोरेज हाइड्रोइलेक्ट्रिक : १ अर्ब १७ करोड ५० लाख डलर (ड्राफ्ट रेट ०.८ का लागि)

-सुनकोसी–दोस्रो स्टोरेज हाइड्रोइलेक्ट्रिक : १ अर्ब २ करोड ७० मिलियन डलर

-सुनकोसी–तेस्रो स्टोरेज हाइड्रोइलेक्ट्रिक : ५८ करोड २० लाख डलर

-तमोर स्टोरेज हाइड्रोइलेक्ट्रिक : १ अर्ब २१ करोड ७४ लाख डलर -पश्चिम सेती र एसआर ६ ज्वाइन्ट स्टोरेज हाइड्रोइलेक्ट्रिक : १ अर्ब ९ करोड ७७ लाख डलर

-पश्चिम सेती स्टोरेज हाइड्रोइलेक्ट्रिक : १ अर्ब करोड ९ करोड ७७ लाख लाख डलर

-तल्लो अरुण हाइड्रोइलेक्ट्रिक : १ अर्ब ३० करोड डलर

औद्योगिक पूर्वाधार

-औद्योगिक पार्क (मोतीपुर) : ८ करोड २७ लाख मिलियन डलर

-औद्योगिक पार्क, (नौवास्ता) बाँके : ७ करोड ७६ लाख डलर

-विशेष आर्थिक क्षेत्र (सिमरा) : ४ करोड ४८ लाख डलर

लगानी सम्मेलन उत्साहजनक हुँदै छ
महाप्रसाद अधिकारी
परियोजनाको अध्ययन गर्दा हामीले सम्बन्धित क्षेत्रका विज्ञलाई प्रयोग गरेका छौँ । पूर्वाधार बैंक तथा सम्बन्धित मन्त्रालयमा कार्यरत विज्ञ कर्मचारीलाई पनि सहभागी गराएका छौँ ।

विदेशी लगानीलाई स्वदेशी भरोसा
निर्वाण चौधरी
लगानीकर्ताले ५०% विश्वास स्थानीय साझेदारलाई गर्छन् । यस्तो अवस्थामा बाँकी ५०% विश्वासचाहिँ लगानी बोर्डजस्ता निकायको भूमिकामा भर पर्छ ।

विदेशी लगानीसँग स्वदेशी सशंकित हुनुहुन्न
अभिमन्यू पोद्दार
धेरै कानुनी सुधार भएका छन् । धेरै नीतिगत सुधार गरिएका छन्, जुन तारिफयोग्य छ । सरकारले लगानीका लागि सकारात्मक संकेत दिएको छ ।

विदेशीलाई आकर्षित गर्न निजी क्षेत्रका २ खर्बको परियोजना
सम्मेलनमा आउने लगानीकर्तालाई आकर्षित गर्न निजी क्षेत्रले १७ परियोजनाको खाका तयार पारेको छ

-त्रिशुली गल्छी जलविद्युत् परियोजना (३० मेगावाट)– ५ करोड ३० लाख डलर

-मध्य कालिगण्डकी जलविद्युत् परियोजना (५३.६ मेगावाट)– ९ करोड ६० लाख डलर

-इन्गवा खोला जलविद्युत् परियोजना (१८ मेगावाट)– ३ करोड डलर

-माथिल्लो चमेलिया (४० मेगावाट)– ७ करोड डलर

-म्याग्दी खोला जलविद्युत् परियोजना (५७.३ मेगावाट)– १० करोड डलर

-गरुड सिमेन्ट– १३ करोड डलर

-आइएमई सिमेन्ट– १५ करोड डलर

-जालपादेवी केबलकार– १ करोड ६० लाख डलर-अन्नपूर्ण सिक्लेस केबलकार तथा पर्यटन परियोजना– ३ करोड १० लाख डलर

-स्वर्गद्वारी केबलकार– १ करोड ६० लाख डलर-रिसोर्स हिमालय बुटिक रिसोर्ट– ५ करोड ६० लाख डलर

-तल्लो वरुणखोला जलविद्युत् परियोजना (१३२ मेगावाट)– २५ करोड डलर-कालिगण्डकी गर्ज जलविद्युत् परियोजना (१६४ मेगावाट)– २६ करोड ९० लाख डलर

-माथिल्लो बलेफी जलविद्युत् परियोजना (४६ मेगावाट)– ७ करोड २५ लाख डलर

-माथिल्लो बलेफी जलविद्युत् परियोजना ‘ए’ (३६ मेगावाट)– ५ करोड ५५ लाख डलर

-नाम्लान खोला जलविद्युत् परियोजना (२६० मेगावाट)– ३५ करोड डलर

-तारप खोला जलविद्युत् परियोजना (५० मेगावाट)– ७ करोड ७० लाख

अघिल्लो सम्मेलन : १४ खर्ब प्रतिबद्धता, १ खर्ब ७२ अर्ब प्रक्रियामा

दुई वर्षअघि आयोजित लगानी सम्मेलनमा विभिन्न १६ क्षेत्रमा १४ खर्ब ४७ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । ‘नेपाल इन्भेस्टमेन्ट समिट २०१७’मा सहभागी लगानीकर्ताले जलविद्युत्, कृषि, विमानस्थललगायत क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता देखाएका थिए ।

सरकारले सो सम्मेलनमा कम्तीमा १ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आउने लक्ष्य लिएको थियो । लक्ष्यको ११÷१२ गुणा बढी लगानी प्रतिबद्धता आएको थियो । तर, सम्मेलनमा गरिएको प्रतिबद्धतामध्ये १ खर्ब ७२ अर्ब रुपैयाँको मात्रै थप प्रक्रिया अघि बढेको छ । सम्मेलनमा प्रतिबद्धता गरेमध्ये गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट नेपाल प्रालिको १ खर्ब ५० अर्ब र डोल्मा फन्डको २२ अर्ब रुपैयाँको लगानी सम्बन्धमा मात्र थप प्रक्रिया अघि बढेको हो ।

अघिल्लो सम्मेलनपछि भएको प्रयासस्वरूप नेपालमा झन्डै ४ खर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आउने प्रक्रियामा रहेको लगानी बोर्डले जनाएको छ । सिचुआन वाङपिङ इनर्जी, गेजुवा ग्रुप, चाइना हार्बर, डोल्मा फन्ड, ह्वासिन सिमेन्टजस्ता कम्पनीको झन्डै ३ खर्ब १२ अर्ब लगानी नेपाल आउने २५% प्रक्रिया पूरा भएको बोर्डले जनाएको छ ।

को–को आउँदै छन् समिटमा ?

नमारका लगानीमन्त्रीदेखि विश्व बैंकका उपाध्यक्षसम्म आउने

सम्मेलनमा भाग लिन विभिन्न मुलुकका मन्त्री तथा सरकारी प्रतिनिधि, लगानीकर्ता तथा दातृ निकायका प्रतिनिधिसमेत गरी ६ सय ५० जना सहभागी हुनेछन् । म्यानमारका अर्थमन्त्री आउने निश्चित भइसकेको छ । त्यस्तै, विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायत दातृ निकायका उच्च पदाधिकारीसमेत आउने लगानी बोर्डका बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । त्यस्तै, माइक्रोसफ्ट, टर्कसेल, मिगा, सराफलगायत ग्रुपका प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुनेछन् ।

यु थाउङ टुन (म्यानमारका लगानी तथा विदेशी आर्थिक सम्बन्ध मन्त्री), हार्टविग सेफर (विश्व बैंकका उपाध्यक्ष), सिजिङ चेन (एडीबीका उपाध्यक्ष), डा. सहजद नासिम (मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष), एमजी जर्ज मुथुड (द मुथुड ग्रुपका अध्यक्ष), सनोजकुमार झा (केन्द्रीय विद्युत् विनियामक आयोग भारतका सचिव), सोङ डोङसेङ (पावर चाइनाका महाप्रबन्धक), चन्द्र बलानी (जियोग्राफिक इन्कुबेसन, अमाजन इन्टरनेसनल सर्भिस प्रालि इन्डियाका प्रमुख), मासाहिरो मियासिता (सुमितोमोका महाप्रबन्धक), सोनिया बासिर काबिर (बंगलादेश, नेपाल, भुटान, लाओस, माइक्रोसफ्ट एसिया प्यासेफिकका महाप्रबन्धक), सिजिङ सेन (एडिबीका उपाध्यक्ष), दीपक बग्ला (इन्भेस्ट इन्डियाका सिइओ)

३७ खर्बको सरकारी परियोजना
सरकारले अर्को साता काठमाडौंमा आयोजना गर्ने ‘नेपाल लगानी सम्मेलन–२०७५’का लागि झन्डै ३७ खर्ब रुपैयाँबराबर लगानीका परियोजना तयार गरेको छ । लगानी बोर्ड नेपाल (आइबिएन)ले विभिन्न सात क्षेत्रका सम्भावित ५० परियोजना छनोट गरेको हो । प्रस्तावित ती परियोजनामा विदेशी तथा स्वदेशी लगानी खोजिने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । बोर्डले खासगरी ठूला र रणनीति महत्वका पूर्वाधारमा लगानीका लागि आह्वान गर्ने छ । तयार पारिएका ५० परियोजनाको कुल लागत ३३ अर्ब ६४ करोड ६० लाख अमेरिकी डलर छ । शुक्रबारको विनिमयदरअनुसार कुल लागत ३७ खर्ब २ अर्ब रुपैयाँ हुन आउँछ ।

केही ठूला परियोजनामा लगानी निश्चित
सम्मेलनको अन्तिम दिन लगानीकर्तासँग परियोजनासम्बन्धी ‘डिल’ गर्ने तयारीसमेत गरिएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । लगानीकर्तासँग केही परियोजनामा लगानीसम्बन्धी सम्झौतासमेत गरिने बताए । ‘सम्मेलनमा केही परियोजनामा आशय आउने निश्चित भइसकेका छन्, केहीमा सम्झौतासमेत हुन सक्नेछ,’ उनले भने ।

२ खर्बको निजी परियोजना
सम्मेलनमा निजी क्षेत्रले प्रस्ताव गरेका परियोजनामा समेत विदेशी साझेदारी खोजिनेछ । त्यसका लागि करिब २ खर्ब लगानीका निजी क्षेत्रका परियोजना सम्मेलनमा सार्वजनिक गरिनेछ । लगानी बोर्डका अनुसार सम्मेलनमा लैजान हालसम्म निजी क्षेत्रले १७ परियोजना प्रस्ताव गरेको छ । जलविद्युत्, उद्योग तथा पर्यटनका ती परियोजनाको कुल लागत १ अर्ब ८२ करोड २० लाख डलर छ । शुक्रबारको विनिमयदरअनुसार कुल लागत २ खर्ब ४७ करोड रुपैयाँ हुन आउँछ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ