साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि भारतलाई !

2019-03-23

विराटनगर - नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) वुमन्स च्याम्पियनसिपमा फेरि उपविजेतामै सीमित भएको छ। शुक्रबार भएको फाइनलमा साविक विजेता भारतसँग ३-१ गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको हो।

नेपाललाई पराजित गरेको भारत साफ वुमन्स च्याम्पियनसिपको पाँचौं संस्करणसम्म एक्लो विजेता बनेको छ।

यसअघि भएका चारवटै संस्करणको उपाधि भारतले नै जितेको थियो। भारत साफ वुमन्स च्याम्पियनसिपको प्रत्येक संस्करणमा नेपालको उपाधि यात्रामा अवरोध बन्दै आइरहेको छ।

सन् २०१० बाट सुरु भएको प्रतियोगिताको सुरुआती तीनसहित यसपटक फाइनलमा भारतको अवरोधको सामना गरेको नेपाल

सन् २०१६ मा सेमिफाइनलमै भारतसँग पराजित भएको थियो। भारतसँगको पराजयको यो ‘जिंक’लाई नेपालले यसपटक पनि तोड्न सकेन।

विराटनगरस्थित सहिद रंगशालामा केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा नेपाल उपाधिको निकै नजिक पुगेर रोकियो। खेलमा नेपाल २६ औं मिनेटबाट पछि परेको थियो। झन्डै २५ यार्ड दूरीमा प्राप्त फ्रिकिकमार्फत गोल गर्दै रक्षक डालिमा छिब्बरले भारतलाई १-० ले अघि बढाएकी थिइन्।

नेपालले पहिलो हाफमै गोल फर्काएको थियो। खेलको ३३ औं मिनेटमा रक्षक पुनम जर्घामगरको लामो प्रहार विपक्षी टोलीको डीबक्सभित्र ‘वान ड्रप’ भएपछि सावित्रा भण्डारीले दुई रक्षकको बीचबाट हेडिङ गोलमार्फ नेपाललाई बराबरीमा फर्काएकी थिइन्। यससँगै खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिएको थियो।

दोस्रो हाफमा भारत निकै बलियो रूपमा फर्कियो र थप दुई गोल गर्दै ३-१ गोलको जितसँगै उपाधि निश्चित ग¥यो। भारतलाई खेलको ६३औं मिनेटमा ग्रेस दाङ्मेईले सन्धिया रंगनाथनको पासमा नेपालकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई समेत छक्याएर २-१ ले अगाडि बढाइन्।

भारतका लागि तेस्रो गोल अतिरिक्त खेलाडी अञ्जु तामाङले खेलको ७७औं मिनेटमा इन्दुमती कथिरेसनको सहयोगमा गरेकी थिइन्।

त्यसअघि नेपालले निश्चत गोल गर्ने केही राम्रा अवसर खेर फालेको थियो। खेलको १९ औं मिनेटमै कप्तान नीरू थापाले दिएको पासमा विपक्षी गोलरक्षक अदिति चौहान मात्रै रहेको अवस्थामा सावित्राले डीबक्स भित्रबाट प्रहार गरेको बल पोस्टभन्दा निकै माथिबाट बाहिरिएको थियो।

सावित्राले खेलको ४५ औं मिनेटमा यस्तै उत्कृष्ट अवसर चुकाइन्। अनिता बस्नेतले दिएको उत्कृष्ट पासमा विपक्षी गोलरक्षक अदिति एक्लै रहेकोको अवस्थामा सावित्राको प्रहारले गोलको दिशा लिन सकेन।

खेलको दोस्रो हाफमा नेपाली खेलाडीले निकै कम अवसर सिर्जना गरेको थियो। पहिलो हाफमा दबाब बनाएको नेपाली टोलीले दोस्रो हाफमा भारतको दबाब बेहोरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ