राजपाद्वारा फोरमसँग एकता गर्न कमिटी गठन

2019-03-21

काठमाडौं - राजपाले संघीय समाजवादी फोरमसँग एकता एवं सहकार्यका लागि वार्ता कमिटी गठन गरेको छ। राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो संयोजक रहेको वार्ता टोलीका अन्य सदस्यमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा छन्।

पार्टी एकीकरणका लागि फोरमले पत्र लेखेपछि गत शुक्रबार राजपाले त्यसको जवाफ पठाएको थियो। होटल हायातमा अघिल्लो हप्ता बसेको राजपा अध्यक्षमण्डलका नेताको बैठकले महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। त्यसलाई मंगलबार पूर्णता दिइएको हो। फोरमले पनि राजपालगायतसँग वार्ताका लागि मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो।

राजपाले प्रदेश सरकार संयोजन समिति र स्थानीय तह संयोजन समिति पनि बनाएको छ। मंगलबारको बैठकले यी समितिलाई पनि पूर्णता दिएको छ। महेन्द्र राय यादवको संयोजकत्वमा प्रदेश सरकार संयोजन समितिमा मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव र डा. विजय सिंह छन्।

त्यस्तै, अनिल झाको संयोजकत्वमा स्थानीय तह संयोजन समितिमा मनीष सुमन, सीपी सिंह, गजेन्द्रकुमार मण्डल, सुरेश सिंह, नवकिशोर सिंह, मैथुर चौधरी, मनोज यादव र दीपककुमार छन्। राजकिशोर यादवको संयोजकत्वमा केन्द्रीय प्रशिक्षण विभाग पनि गठन गरेको छ।

पछिल्लो समयमा चक्रीय प्रणालीअनुसार अध्यक्षमण्डलको व्यवस्था गरेको राजपाको संयोजकको जिम्मा बुधबारदेखि नेता शरदसिंह भण्डारीले गरेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ