नारी प्रकृतिका प्रतीक

अशोक शोकी

2019-03-18

नारी पुरुषमा भिन्नता भए तापनि भेद छैन । नारी पुरुषमा मात्र नभई सबै प्राणीमा आत्माको भिन्नता छ । हरेक नारीको रुपरङ्ग, हिँडाइ, बोलाइ, व्यवहार, विचार आदि फरक–फरक हुन्छ । संवेदनशील नारीले कुलाचारमा रहेर आफ्नो आदर्श भूमिका निभाई समाजमा प्रतिष्ठा राखेकी हुन्छिन् । सत् र शीलले नै ‘नारी’ शब्दको महिमा सुवासित हुन्छ ।

घरपरिवारको समृद्धिमा नारीको ठूलो भूमिका हुन्छ । नारीबिनाको घर पाटी जस्तो हुन्छ । पत्नीबिनाको घर जङ्गल जस्तै हुन्छ भनी महाभारतमा समेत बताइएको छ । नारीबिनाको घर दरबार जत्रै किन नहोस्, त्यो पूर्ण घर हुन सक्दैन । नारीले झुपडीभित्र पनि स्वर्गको अनुभूति गराउन सक्छिन् ।

विदुरनीतिमा भनिएको छ – स्त्री घरकी लक्ष्मी हुन् । उनी आदरयोग्य हुन्छिन् । उनी शैभाग्यशालिनी अर्थात् महालक्ष्मी समान हुन्छिन् । उनी घरको शोभा अर्थात् लक्षण बढाउनेमा गनिन्छन् ।
यसैले विशेष रूपले गृहिणीको रक्षा गर्नुपर्छ । जुन घरमा गृहिणीको अभाव हुन्छ त्यो घर स्मशानसमान हुन जान्छ । नारीमा यस्तो अद्भुत शक्ति हुन्छ, उनको मुस्कानले राक्षसको रिसलाई पनि साम्य बनाइदिन्छ । नारी फुलबारीको फुल हो, नारी प्रकृतिको प्रतीक हो । किनकि प्रकृति जति सुन्दर र शोभनीय हुन्छ, नारी पनि उत्तिकै शोभनीय हुन्छिन् ।

नारी सहनशीलताको सागर हो । कोमल हृदय हुनाले नारीमा क्षमाको मुहान हुन्छ । गृहस्थीको बोझ उठाउने धर्ती हुन् नारी । विश्वासको रूपमा हेर्दा नारी जीवनको सहयात्री हुन् । नारी बिना पुरुष शून्य हुनाले पुरुषको जीवनमा नारीको अत्यन्त महत्व छ । नारी छोरी भई शितलता, श्रीमती भई सम्मान, नारी पुरुषको गौरव, नारी पुरुषको अहङ्कार, नारी पुरुषको अभिमान पनि भएका छन् । दया, माया, क्षमाको रूपमा हेर्दा उनी आमा हुन् । वरदान र आशीर्वाद दिनेको रूपमा नारी भवानी हुन् भने पूजापाठ, तपको रूपमा पार्वती हुन् । ऐश्वर्यको रूपमा उनी लक्ष्मी हुन् । ज्ञानको रूपमा हेर्दा नारी सरस्वती हुन् र त्यागको रूपमा सीता हुन् । प्रतिशोधको रूपमा हेर्दा उनी उग्रचण्डी हुन् भने सबल र अबला पनि हुन्् ।

पुरुषको जीवन सङ्घर्षबाट शुरु हुन्छ भने नारीको जीवन समर्पणबाट शुरु हुन्छ, नारी र पुरुषमा भिन्नता नै यही छ । नारीको आँसुमा बल हुन्छ, सुन्दरतामा शक्ति हुन्छ । त्यस्तै पुरुषकोभन्दा स्त्रीको आहारा दुई गुणा, बुद्धि चार गुणा, साहस छ गुणा र काम आठ गुणा हुन्छ भनी चाणक्य नीतिमा बताइएको छ । नारीका यी लक्षण अर्थात् गुणहरूको सदुपयोग भएमा त्यो घर स्वर्गसमान हुन्छ । समाजको लागि सबैभन्दा खराब महिला हुन्छन् भने सबैभन्दा असल पनि महिला नै हुन्छन् । समाज एउटा रथ हो भने महिला–पुरूषको दाम्पत्य जीवन सो रथका दुई पाङ्ग्रा हुन् । रथ अगाडि बढाउन पाङ्ग्राको आवश्यकता पर्दछ । श्रीमतीको लागि श्रीमान् तप हो, श्रीमान्का लागि श्रीमती क्षमा हो । घर एवं समाज उज्ज्वल पार्न अन्य अनमोल सम्पत्तिभन्दा त्यस घरका दम्पतीको ठूलो हात हुन्छ ।

मानव भई जन्मनुको सफलता पनि हो यो । उत्कृष्ट एवं उदाहरणीय दम्पती हुन पाउनु घरपरिवार, समाज, देशकै सौन्दर्यको प्रतीक र मनमोहक सुगन्ध हो । पुरुषविहीन महिला वा महिलाविहीन पुरुषलाई समाजमा पनि नकारात्मक दृष्टिले हेर्ने गरिन्छ । पति परदेशी भएका कतिपय महिलाहरू व्यभिचारणी हुने गरेका पनि छन् । पति रोगी भएमा, आफू माइत बस्नु परेमा,आफ्नो स्थिति पतिले नबुझेमा, पतिले माया नगरेमा, दम्पतीको एक–आपसमा आत्मसन्तुष्टि नभएमा कतिपय स्त्रीहरू विरक्त भई चरित्र नष्ट गर्छन् । पुरुषमा पनि यस्तो अवस्था आउन सक्ने हुन्छ ।

महिला–पुरुष जो–कोहीको जान–अनजानमा चरित्र नष्ट हुन गएमा घोर पापको भागीदार हुनुपर्ने बौद्ध धर्मलगायत शिवपुराणमा समेत उल्लेख छ । शिवपुराणमा पतिव्रता धर्मसम्बन्धी उल्लेख गरिएको छ । पतिव्रताले टेकेको भूमि पनि पवित्र हुन्छ । मातापिताले समेत आफ्ना छोरीले गरेको दुष्कर्म र सत्कर्मको फल भोग्नुपर्ने बताइएको छ ।

शास्त्रको विधिअनुसार पतिव्रता धर्म पालना गर्ने सावित्री, लोपामुद्रा, अरुन्धती, शाण्डिली, शतरुपा, अनसुया, लक्ष्मी, स्वधा, सती, सङ्ज्ञा, श्रद्धा, मेना र स्वाहालाई ऋषिमुनिलगायत ब्रह्मा, विष्णु, महेश्वरले पनि मान्ने गरेका छन् । पतिव्रता धर्म चार प्रकारका छन्– उत्तमा, मध्यमा, निकृष्टा र अति निकृष्टा । यसमध्ये सबभन्दा उत्कृष्ट उत्तमा पतिव्रता धर्म मानिएको छ । कबिरले पनि भनेका छन्– ‘पतिव्रता स्त्री चाहे मैलोधैलो अनि कुरुप किन नहुन्, उनको पतिव्रता गुणमा सबै सुन्दरता गौण हुन्छ । ’ शुक्रनीतिमा भनिएको छ ः ‘यौवन, जीवन, धन, छाया, लक्ष्मी र प्रभुत्व – यी छ चीज चञ्चल छन् भन्ने जानेर आफ्नो धर्ममा रहन सक्नुपर्छ । ’

पुतलीको पखेटामा धेरै आँखा भएजस्तै नारीमा पनि समाजका गतिविधि थाहा पाउने धेरै कान हुन्छन् भनिन्छ । उनीहरूले ढिला बुझ्लान् तर पुरुषभन्दा धेरै बाठा हुन्छन् । उनीहरूको मन मौसमजस्तै बदलिरहन्छ । पुरुषभन्दा १० कदम अगाडि हुन्छन् । जसरी फुल आँधी–हुरी शित ताप सहेर पनि हाँसेको हुन्छ त्यसरी नै नारी दुःख–पीडामा पनि मुस्कान दिई हाँसेका हुन्छन् । धैर्य र सहनशिलता भएकाले नारीलाई फुलको रूपमा लिइन्छ । नारी माता हुन, बिना स्वार्थ कुनै आशा नराखी मायाकी खानी ममता र दयाकी सागर भएकीले महान कार्य पूरा गर्ने महानतालाई छोटो शब्दमा आमा, माता वा माँ भनिन्छ । आमा जति श्रद्धेय र पुजनीय शब्द संसारका कुनै सम्पदा, संस्कृति र इतिहासको पुस्तकमा प्राप्त हुन सकेका छैन ।

(लेखक साहित्यकार हुनुहुन्छ )




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ