2019-03-16 |
देउखुरी समाचारदाता
देउखुरी, चैत । देउखुरीका ऐन प्यासनमा आवद्ध विद्यालयका अभिभावक लाई एकै ठाउँमा जम्मा गरेर अभिभावक केन्द्रित शिक्षा प्रर्दान गरिएको छ । एन प्याब्सन दाङ देउखुरीले आयोजना गरेको वृहत निजी विद्यालय अभिभावक तालिमको लमहीमा उद्घाटन प्रदेश सभा सदस्य रेवतीरमण शर्माले गर्नुभयो ।
उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले सरकारले आवश्यकताको आधारमा प्राविधिक जनशक्ति उत्पादन गर्न शिक्षा क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा गुणात्मक सुधारको खाँचो रहेको भन्दै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, सरोकार राख्ने निकाय सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
देउखुरीदेउखुरी क्षेत्रमा रहेका ११ वटा नीजि विद्यालयका करिब दुइहजार अभिभावकलाई तालिम प्रदान गरिएको हो । विद्यार्थीको भबिस्य सुधार गर्ने दायित्व अभिभावको हातमा रहेको भन्दै अभिभावकलाई जागरुक बनाउन तालिम प्रदान गरिएको हो ।
नेपाल राष्ट्रिय अभिभावक संघ प्रदेश ५ नीजि विद्यालय संयोजक तथा एन प्याब्सनका कार्यक्रम संयोजक भुमाण्डव केसीको अध्यक्षता भएको कार्यक्रममा कार्यक्रममा मनोविद रविन कट्वालले प्रशिक्षण दिनुभएको थियो । मुवारक अलिको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन भानु जोशीले गर्नु भएको थियो ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...