भारत बिरुद्धको अन्तिम खेल अस्ट्रेलियाले जितेपछि सिरिज बराबरीमा !

2019-03-11

चण्डीगढ - भारतविरुद्धको चौथो एकदिवसीय खेलमा अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको छ। अस्ट्रेलियाले घरेलु टिम भारतविरुद्ध ४ विकेटको जित निकाल्दै सिरिज २–२ को बराबरी गरेको छ।

भारतले दिएको ३ सय ५९ रनको लक्ष्य अस्ट्रेलियले १३ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्‍यो। अस्ट्रेलियाका लागि पिटर ह्यान्डकमले १ सय १७ रन जोड्दा अस्टन टर्नरले ४३ बलमा ५ चौका र ६ छक्काको मद्दतमा नटआउट ८४ रन जोडे। बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिए।

त्यसअघि भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले १ सय ४३ र रोहित शर्माले ९५ रन जोडेका थिए। बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्सले ५ विकेट लिँदा जे रिचार्डसनले ३ विकेट हात पारे।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ