मधेशलाई सम्बोधन गर्न नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड रौतहटमा !

2019-03-09

काठमाडाैँ - पूर्व नेकपा एमाले र माओवादीबीच एकिकरण पश्चत पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आमसभा गर्न लागेको छ।

तराई–मधेशलाई टुक्रयाएर अलग्गै देश बनाउने एजेण्डा बोकेका डा. सिके राउतसँग सरकारले शुक्रबार सहमति गरेपछि मधेशका सवालमा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एकैसाथ मधेश झर्न लागेका छन्। नेकपा प्रदेश २ ले रौतहटको गरूडामा आमसभाको आयोजना गरेको हो।

आमसभालाई मध्ये नजर गरी तराइको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । ओली सरकारले सबै शक्ति तराइमा केन्द्रित गरी सम्भावित खतरा टार्न कोशिस गरिरहेको विष्लेषकहरुको भनाई छ। उच्च स्रोतका अनुसार अायाेजित सभामा सिके राउतका कार्यकर्ताहरू पनि सहभागी हुनेछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ