दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिन्छन नेपाली !

2019-03-04

काठमाडौं - लगानीकर्ताले वाणिज्य बैंकहरुबाट दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण लगानीकर्ताले लिएका छन्।
पोहोर यो अवधिमा दैनिक करिब एक अर्ब रुपैयाँ ऋण लिन्थे। अघिल्लो आर्थिक वर्ष २०७४/७५ को पहिलो सात महिनामा दुई खर्ब १२ अर्ब रुपैयाँ ऋण उनीहरुले लिएका थिए।

गत वर्षको पहिलो सात महिनाभन्दा यस वर्षको उक्त अवधिमा ऋण लगानी उच्च दरले बढेको छ। लगानीको वातावरण बन्दै गएकाले ऋणको माग बढेको बैंकरहरुको भनाइ छ।

असार मसान्तमा बैंकहरुको कर्जा २१ खर्ब १५ अर्ब रुपैयाँ थियो अहिले (माघ मसान्तसम्म) बढेर २३ खर्ब ८९ अर्ब पुगेको छ। गत वर्षको असार मसान्तमा बैंकहरुको कर्जा १७ खर्ब ३५ अर्ब रहेकोमा सो वर्षको माघ मसान्तसम्म बढेर १९ खर्ब ४७ अर्ब पुगेको थियो।

पहिलेको तुलनमा परिस्थिति सहज बन्दै गएकाले सेवा क्षेत्र, जलविद्युत्, व्यापारिक, प्रत्येक क्षेत्रमा ऋणको माग बढेको बैंकरको भनाइ छ।

बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गर्न थालेका छन्। लगानीयोग्य रकम अभाव भएसँगै कर्जा प्रवाहमा कमी गरेका बैंकहरुले फेरि कर्जा प्रवाहलाई तीव्रता दिएका हुन्।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार माघ महिनामा मात्रै वाणिज्य बैंकहरुले ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यो अघिल्लो महिनाभन्दा १५ अर्ब बढी हो। पुसमा ३० अर्बमात्रै कर्जा प्रवाह गरेका थिए।

अहिलेकाे अवस्था
– साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण प्रवाह
– असारमा १७ अर्ब ३५ अर्ब रहेको बैंक कर्जा माघमा १९ खर्ब ४७ अर्ब
– महिनामा मात्रै ४५ अर्ब रुपैयाँ कर्जा लगानी
पुसमा वाणिज्य बैंकहरुले ३० अर्ब निक्षेप संकलन गरी ३० अर्ब नै कर्जा प्रवाह गरेका थिए। पुसमा गरिएको कर्जा प्रवाहले कर्जा–निक्षेप–पुँजी अनुपात (सिसिडी रेसियो) सन्तुलनमा राखे पनि माघमा बैंकहरूले आक्रामक रुपमा कर्जा प्रवाह गरेका छन्।
२८ वाणिज्य बैंकले माघमा निक्षेप संकलनको तुलनामा दोब्बर कर्जा प्रवाह गरेका छन्। उक्त महिनामा वाणिज्य बैंकहरुले २१ अर्ब निक्षेप संकलन गरी ४५ अर्ब कर्जा लगानी गरेका छन्।

पछिल्लो समय कर्जाको माग अत्यधिक हुन थालेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले बताए। ‘आपूर्तिभन्दा ऋणको माग अत्यधिक बढी छ,’ उनले नागरिकसँग भने, ‘माग र आपूर्तिबीचको असन्तुलनले समस्या पारेको छ।’
निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरु लगानीयोग्य रकमको समस्यामा छन्। धरैजसो बैंकहरुको सिसिडी रेसियो ८० प्रतिशतनजिक पुगेको छ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव हुन नदिन विभिन्न उपकरणमार्फत सुधारका कदम चाले पनि यस क्षेत्रको समस्या समाधान हुन सकेको छैन। सरकारले अपेक्षित रुपमा विकास खर्च गर्न नसक्दा बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुँदै आएको छ।

अहिले पनि पौने दुई खर्ब रुपैयाँ सरकारी ढुकुटीमा जम्मा भएर बसेको छ। ‘सरकारले त्यस्तो रकम खर्च गरे अहिले बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकमको अभाव कम हुने थियो,’ माछापुच्छ्रे बैंकका सिइओ शर्माले भने, ‘ढुकुटीको रकम खर्च नभएकै कारण समस्या आएको हो।’ बैंकहरुले भद्र सहमति गरेका कारण ब्याजदर नियन्त्रणमा रहेको उनको भनाइ छ।

अघिल्लो वर्षदेखि नै वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा विस्तारमा देखिएको असन्तुलन कायमै छ। चालु आर्थिक वर्ष सुरुमा तरलताको अभाव केही कम भए पनि त्यसपछि भने फेरि चर्किएको छ।

साउनदेखि माघसम्ममा बैंकहरुले दुई खर्ब १६ अर्ब निक्षेप संकलन गर्दा दुई खर्ब ७४ अर्ब कर्जा विस्तार गरेका छन्। चालु वर्षमा बैंकहरुले निक्षेप संकलनभन्दा ५८ अर्ब बढी रकम कर्जा प्रवाह गरेका छन्। चालु आर्थिक वर्षको सात महिना वाणिज्य बैंकहरुले २६ अर्ब ७१ अर्ब निक्षेप संकलन गरी २३ खर्ब ८९ अर्ब कर्जा प्रवाह गरेका छन्।

 


नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ