कांग्रेसको गुटगत विवाद उत्कर्षमा : केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

2019-02-27

काठमाडौँ - सभापति शेरबहादुर देउवाले आफूहरूको सहमतिविना अनुशासन समिति गठन गर्न खोजेको भन्दै नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेपछि मंगलबार बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । देउवाले भीष्मराज आङदेम्बेको संयोजकत्वमा समिति बनाउन खोजेका थिए । त्यसमा पौडेल र सिटौला पक्षले आपत्ति जनाएका छन् । आङदेम्बेभन्दा सिनियर नेतालाई जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ ।

सोमबारको पदाधिकारी बैठकमा देउवाले मंगलबारको केन्द्रीय समिति बैठकबाट आङदेम्बेलाई संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई सदस्य बनाउने भन्दै पौडेल र सिटौला पक्षबाट पनि थप दुई सदस्यको नाम मागेका थिए ।

‘विधान पास भएपछि अब पार्टीका सबै गतिविधिलाई अघि बढाउनुपर्नेछ, यसैले अनुशासन समिति गठन गरिहालौँ, निर्वाचन समिति र विधान नियमावलीको मस्यौदा समिति पनि गठन गरौँ भन्ने तयारी थियो,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने, ‘तर, उहाँहरू समितिमा सिनियर नेता हुनुपर्छ र सर्वसम्मत हुनुपर्छ भन्ने अडानमा रहँदा केन्द्रीय समितिको बैठक नै स्थगित गर्नुपर्‍यो ।’

पौडेलले आङदेम्बेको नाममा सहमति हुन नसक्ने बताएपछि ११ बजे सुरु हुनुपर्ने केन्द्रीय समितिको बैठक साँझसम्म पनि बस्न नसकेपछि स्थगित भएको थियो । अनौपचारिक छलफल गरेर अनुशासन समिति गठन गर्ने तयारी भए पनि पौडेल–सिटौला पक्ष बैठक स्थलमै गएनन् ।

समिति सर्वसम्मत बनाऊँ भन्दा सभापति मान्नुभएन : रामचन्द्र पौडेल
सभापतिले अनुशासन समिति र निर्वाचन समिति सँगै गठन गरेर जाऊँ भन्ने कुरा राख्नुभयो । यसमा हाम्रो सहमति छ । तर, सबैलाई न्याय दिनुपर्ने समिति सर्वसम्मत रूपमा बनाउनुपर्छ भन्ने हाम्रो माग हो । यो कुरामा सभापति तयार हुनुभएन ।

सभापतिले सहमतिका लागि केही दिन पहल गर्नुहुन्छ : डा. प्रकाशशरण महत
समयमा निर्णय गर्न पनि नदिने र समयमा गरेनन् पनि भन्नेमा उहाँहरू (पौडेल र सिटौला) देखिनुभयो । सभापतिले अझै पनि केही दिन छलफल गरेर पुनः केन्द्रीय समितिको बैठक आह्वान गर्ने सोच बनाउनुभएको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ