भेनेजुएलाका सेनालाई ट्रम्पको चेतावनी : ग्वाइदोलाई समर्थन नगरे सबै गुमाउन तयार हुनू !

2019-02-20

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनालाई विपक्षी नेता हुवाँ ग्वाइदोलाई समर्थन गर्न चेतावनी दिएका छन्। अन्यथा सबै गुमाउन तयार रहन पनि उनले भनेका छन्।

राष्ट्रपति निकोलास मादुरोले अत्यावश्यक मानवीय सहायता बहिष्कार गरेपछि भेनेजुएलामा संकट बढेको छ।

ग्वाइदोले गत वर्ष मादुरोले गराएको आमनिर्वाचनलाई फर्जी बताउँदै आएका छन्। उनले गत महिना आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

उनको कदमलाई करिब ६० देशले समर्थन गरिसकेका छन्। ती देशले भेनेजुएलामा अत्यावश्यक सामग्री पठाएका थिए। मादुरो सरकारले सहायता सामग्री आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।

आफ्नो देश गरिबको देश नभएको दाबी गर्दै कसैको भीख आवश्यक नभएको मादुरोको भनाइ छ। उनीहरूले अत्यावश्यक सहायता सामग्री स्वीकार गर्न शनिवारसम्मको समयसीमा दिएका थिए।

अमेरिकी नेतृत्वमा पठाइएको उक्त सामान कोलम्बियाको कुकुतामा रोकिएको छ। भेनेजुएलामा उच्च मुद्रास्फीतिले अत्यावश्यक सामग्रीको अप्राप्य भएको छ। भोजन एवं औषधि अभावमा लाखौं मानिस पीडित छन्।

हाल मादुरोले अमेरिकाले पठाएको खाद्यान्न सडेको र संक्रमित भएको आरोप लगाएका छन्। उनले भेनेजुएलामा अराजकता र संकट अमेरिकाले निम्त्याएको दाबी गरे।

मियामीमा भेनेजुएलाका निर्वासित नागरिकलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन्। ट्रम्पले भने, ‘दैनिक विश्वको नजर तपाईंमाथि छ।’

उनले मादुरोसँग अब विकल्प बाँकी नरहेको पनि बताए। आफू, परिवार र देशवासीका साथ शान्तिपूर्वक बाँच्न ग्वाइदोको माफी प्रस्ताव स्वीकार गर्नुपर्नेमा उनले जोड दिए।

उनले भेनेजुएलाली सैनिकलाई सम्बोधन गर्दै भने, ‘यदि तपाईंहरूले मादुरोलाई समर्थन जारी राख्नु हुन्छ भने कहीँ पनि सुरक्षित आश्रय पाउनु हुनेछैन। तपाईंहरूले सबै गुमाउनु हुनेछ।’

मनवीय सहायता वितरण गर्न ग्वाइदोले १० लाख स्वयंसेवीलाई तयार रहन आदेश दिएका छन्। ६ लाख व्यक्तिले स्वयंसेवकलाई लागि नाम दर्ता गराएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ