कार्यदलले एकताका बाँकी काम गर्न थप समय मागेपछि नेकपा सचिवालय कमिटि यस्तो निष्कर्षमा पुग्यो !

2019-02-18

काठमाडौँ - नेकपाले गठन गरेको कार्यदलले पार्टी एकताका बाँकी काम गर्न थप समय मागेपछि नेकपाको सचिवालय कमिटि यस विषयमा छलफल गर्ने निष्कर्षमा पुगेको छ । ‘कार्यदलको तर्फबाट लिखित प्रतिवेदन पेश भएको छ’ बैठकलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘थप कामका लागि निर्देशन पाउँ भन्ने कार्यदलको तर्फबाट माग गरिएको छ।’

स्रोतका अनुसार, विभिन्न जटिलताका कारण कार्यदलले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको बताउँदै थापाले समय माग गरेका थिए। २९ मंसिर–१३ पुषसम्म भएको स्थायी समितिको बैठकले गृहमन्त्री थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो। तर, पार्टी विधान र मापदण्ड विपरित प्रदेश कमिटी गठन भएको भन्दै कार्यदलमा विवाद उत्पन्न भएपछि एकताको काम अघि बढ्न सकेन।

कार्यदललाई केन्द्रीय विभाग, जनबर्गीय संगठन, मोर्चाहरु, प्रदेशदेखि स्थानीय तह र टोलसम्मका कमिटीहरुको एकताको जिम्मेवारी दिइएको थियो। तर, प्रदेश कमिटी सम्बन्धी विवादका कारण अन्य कमिटीको एकता विषयमा प्रवेश गर्नै नसकेपछि २१ माघमा बसेको सचिवालय बैठकले प्रतिवेदन २२ माघमा प्रतिवेदन बुझाउन थापालाई निर्देशन दिएको थियो।

थापा नेतृत्वको कार्यदलले ‘अपुरो’ प्रतिवेदन बुझाएपछि २३ माघमा बैठक बसेर एकताका सम्बन्धमा सचिवालयबाटै थप निर्णय गर्ने नेताहरुको तयारी थियो। तर, असन्तुष्ट सदस्यहरुले एकताको काम नसकिँदै प्रतिवेदन बुझाइए समानान्तर प्रतिवेदन बुझाउने चेतावनी दिएपछि २४ माघमा कार्यदलको बैठक बसेको थियो। नेताहरुकै कारण कार्यदलले एकता सम्बन्धी जिम्मेवारी पुरा गर्न नसकेको आरोप कार्यदलका बहुमत सदस्यहरुको थियो। त्यसपछि कार्यदलले संयुक्त रुपमा प्रतिवेदन तयार गरी आजको बैठकमा पेश गरेको हो।

कार्यदलले थप कामका लागि निर्देशन माग गरेकाले एकता सम्बन्धमा कसरी जाने भनेर छलफल गर्न ९ फागुनका लागि कार्यदलका सदस्यहरुसँगै बसेर छलफल गर्ने गरी केन्द्रीय सचिवालयको बैठक डाकिएको हो। नेकपा स्थायी समितिले १३ माघमा गठन गरेको कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले १५ माघमा १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए।

कार्यदललाई एकता सम्बन्धी काम गर्ने जिम्मेवारी दिइएपनि गठन भइसकेको प्रदेश कमिटीमा मापदण्ड विपरित केही सदस्यहरु परेपछि त्यसले विवाद सिर्जना भएपछि त्यसले निर्धारित समयमा प्रतिवेदन बुझाउन त सकेन नै, ७ माघ यतादेखि बैठक नै बस्न सकेको थिएन।

जब २१ माघमा केन्द्रीय सचिवालय बैठकले अपुरो नै भएपनि प्रतिवेदन बुझाउन निर्देशन दियो, त्यसपछि कार्यदलका असन्तुष्ट सदस्यहरुले बैठक डाक्न माग गरेका थिए। बैठकमा कार्यदलका बहुमत सदस्यहरुले अपुरो प्रतिवेदन पेश गरिए समानान्तर प्रतिवेदन बुझाउने चेतावनी समेत दिएपछि प्रतिवेदनको अभावमा बीचमा स्थायी समिति बैठक बस्न सकेको थिएन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ