गायक देव कोइमीको गीतमा कलाकार जेवि डिसीको दमदार अभिनय (भिडियो सहित)

2019-02-11

काठमाडौँ - गायक देव कोइमिको स्वरले सजिएको “हेलो" बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतमा अभिनेता तथा मोडल जे बि डि सीले अभिनय गरेका छन् । त्यस्तै, उनलाई मोडल लक्ष्मी बस्नेतले साथ् दिएकी छन् ।

म्युजिक भिडियोको निर्देशन फिल्म निर्देशक समेत रहेका जितेन्द्र राज उपाध्यायले गरेका छन् । गीतमा शब्द तथा संगीत देव कोइमिकै रहेको छ । गितको संगीत संयोजन जेम्स प्रधानले गरेका हुन् भने राजेन्द्र डंगोलले खिचेका हुन् । फिल्म प्रोडक्सन हाउस 'भट्ट एण्ड सन्स'ले निर्माण गरेको गीतको प्रोडक्सन कन्ट्रोल बिमल धमलाले गरेका हुन् भने एडिटिंग सुजन शाक्यले गरेका हुन् ।

सुमुधुर स्वर तथा शब्द रहेको कोइमीको गीतलाई म्युजिक भिडियोको निर्देशनमा खारिएका निर्देशक राजोपाध्याले सुन्दर स्टोरी बनाई भिडियोमा उतारेका छन् र यसमा अनुभवी कलाकार जेवी डिसीले मज्जैले साथ दिएका छन् । भिडियो हेर्दा लाग्छ काममा तिनै जनाको फ्युजन बडो जमेको छ । गीतमा भीएफएक्सको काम समेत निर्देशक स्वयंले नै गरेका हुन् जसले गीतलाई थप आकर्षित बनाएको छ ।

कोइमिको यस अघि बजारमा थुप्रै गीतहरु आइसकेका छन् र केहि गितहरु आउने तयारीमा समेत छन् ।

 

भिडियो

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ