नेविसंघको विषयमा कांग्रेसका शीर्ष नेता नै विभाजित

2019-02-07

काठमाडौँ - विद्यार्थी संगठन नेविसंघको विषयमा कांग्रेसका शीर्ष नेता नै विभाजित भएका छन् । १० माघबाट जारी कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले नेविसंघको कार्यसमिति विघटन गर्नुपर्ने बताए । ११औँ महाधिवेशनबाट आएको नैनसिंह महर नेतृत्वको कार्यसमितिले दुईपटकसम्म म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेको उनीहरूको तर्क छ । तर, अर्का नेता कृष्णप्रसाद सिटौलाले पौडेल र निधिको प्रस्तावको विरोध गर्दै थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको अवस्थामा नेविसंघको हकमा मात्रै म्याद सकिनासाथ भंग गर्नुपर्छ भन्न नहुने तर्क राखे ।

सभापति शेरबहादुर देउवाले बैठक सुरु हुनासाथ नेविसंघलाई कसरी अगाडि बढाउने भन्ने प्रस्ताव राखेका थिए । नेविसंघको विषय एजेन्डा बनेपछि पौडेलले दुईपटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमिति राख्नुको औचित्य नरहेको बताए । ‘विधान नै संशोधन गरी दुई–दुईपटक म्याद थप्दासमेत महाधिवेशन गर्न नसक्ने अहिलेको कार्यसमिति विघटन गर्नुपर्छ’ पौडेलले भने ‘यो कार्यसमितिको म्याद जतिपटक थपे पनि महाधिवेशन हुन नसक्ने देखियो । तसर्थ नयाँ कार्यसमिति बनाएर अगाडि बढ्नुपर्छ ।’
उपसभापति विमलेन्द्र निधिले पनि कानुनी र राजनीतिक दुवै रूपमा नेविसंघको ११औँ महाधिवेशनबाट आएको कार्यसमितिको औचित्य सकिएकाले विघटन गर्नुपर्ने बताए । ‘कानुनीसँगै राजनीतिक रूपमा पनि नेविसंघको वर्तमान कार्यसमितिको औचित्य सकिएको छ’ निधिले भने ‘तसर्थ म्याद थपेर केही काम हुँदैन, वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउनुपर्छ ।’

नेता सिटौलाले भने निर्वाचित कार्यसमिति विघटन गरी तदर्थ समिति बनाउन नहुने बताए । म्याद सकिएका भ्रातृसंस्थाका नेतृत्वकर्तालाई बोलाएर महाधिवेशन गर्न प्रेरित गर्नुपर्ने उनको भनाइ थियो । ‘निर्वाचित कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउने कार्य उपयुक्त हुन सक्दैन । नेविसंघको अहिलेको कार्यसमितिको म्याद थप गरेर चुनावमार्फत नयाँ नेतृत्व ल्याउनुपर्छ’ सिटौलाले भने ‘पार्टीका धेरै भ्रातृसंस्थाको म्याद सकिएको छ । उनीहरूलाई बोलाएर पार्टीले छिटो महाधिवेशनका लागि निर्देशन दिनुपर्छ । तदर्थ समिति बनाउने कार्यले संगठन बलिया हुँदैनन् ।’

बिहीबारको बैठकमा नेविसंघसम्बन्धी निर्णय गर्ने तयारी देउवाको छ । स्रोतका अनुसार देउवा पनि नेविसंघको वर्तमान कार्यसमिति विघटन गरेर नयाँ कार्यसमिति बनाउने पक्षमा छन् । देउवाको चाहनामा पौडेलले साथ दिएपछि अब नेविसंघको नयाँ कार्यसमिति आउने निश्चितजस्तै रहेको एक सदस्य बताउँछन् ।

रामचन्द्र पौडेल,कांग्रेस नेता
विधान नै संशोधन गरी दुई–दुईपटक म्याद थप्दासमेत महाधिवेशन गर्न नसक्ने अहिलेको कार्यसमिति विघटन गर्नुपर्छ । यो कार्यसमितिको म्याद जतिपटक थपे पनि महाधिवेशन हुन नसक्ने देखियो । तसर्थ नयाँ कार्यसमिति बनाएर अगाडि बढ्नुपर्छ ।

बिमलेन्द्र निधि, कांग्रेस उपसभापति
कानुनीसँगै राजनीतिक रूपमा पनि नेविसंघको वर्तमान कार्यसमितिको औचित्य सकिएको छ । तसर्थ, म्याद थपेर केही काम हुँदैन, वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउनुपर्छ ।

कृष्ण सिटौला, कांग्रेस नेता

निर्वाचित कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउने कार्य उपयुक्त हुन सक्दैन । नेविसंघको अहिलेको कार्यसमितिको म्याद थप गरेर चुनावमार्फत नयाँ नेतृत्व ल्याउनुपर्छ । पार्टीका धेरै भ्रातृसंस्थाको म्याद सकिएको छ । उनीहरूलाई बोलाएर पार्टीले छिटो महाधिवेशनका लागि निर्देशन दिनुपर्छ । तदर्थ समिति बनाउने कार्यले संगठन बलिया हुँदैनन् ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ