अमेरिकालाई रसियाको चुनाैती, दुई नयाँ क्षेप्यास्त्र लन्च गर्ने तयारी !

2019-02-06

मस्को - ऐतिहासिक आणविक हतियार नियन्त्रण सन्धिबाट संयुक्त राज्य अमेरिका बाहिरिने भएपछि त्यसको प्रतिक्रियास्वरुप रुसले सन् २०२१ अघि नै जमिन आधारित दुई नयाँ क्षेप्यास्त्र प्रहार प्रणालीको विकास गर्ने मस्कोले मंगलबार जनाएको छ।

संयुक्त राज्य अमेरिकाको बाटो पछ्याउँदै रुसले पनि मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतयुद्धकालीन ‘इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटी (आइएनएफ)’ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले गत शनिबार बताएका थिए। सो सन्धिले अमेरिका र रुस दुवैलाई युरोपेली भूमिमा छोटो र मध्यम दूरीको क्षेप्यास्त्र राख्न प्रतिबन्ध गरेको थियो।

वासिङ्टन र मस्को दुवैले एकअर्कालाई आइएनएफ सन्धि उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्। पुटिनले अमेरिकाले सन्धिबाट पछि हट्ने निर्णय गरेपछि मात्रै रुसले आफूलाई सो सन्धिबाट निलम्बन गरेको तर्क पेश गर्दै आइरहेका छन्।

‘वासिङ्टनले नयाँ क्षेप्यास्त्र प्रणालीको अनुसन्धान, विकास र डिजाइन गर्ने आफ्नो प्रष्ट योजना सार्वजनिक गरिसकेको छ र अब मस्कोले पनि त्यस्तै गर्छ,’ पुटिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
हाल विद्यमान रहेको जहाजबाट मार हान्न मिल्ने क्रुज क्षेप्यास्त्रसँगसगै अब रुसी सेनाले जमिन आधारित क्षेप्यास्त्र प्रणाली र ध्वनीको गतिभन्दा कम्तीमा पाँच गुणा चाँडो यात्रा गर्न सक्ने लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्र प्रणाली विकासका लागि काम गर्न सुरु गर्नु पर्छ,’ पुटिनले बताए।

यसैबीच रुसका रक्षामन्त्री सेर्गेई सोइगुले मंगलबार नयाँ क्षेप्यास्त्र प्रणाली विकासका लागि आदेश दिइसकेको बताइएको छ। राष्ट्रपति पुटिनका निकटम पात्र सोइगुले सन् २०२१ सम्म नयाँ क्षेप्यास्त्र प्रणाली विकास भइसक्नु पर्ने भन्दै रुसका रक्षासम्बन्धी निकायका प्रमुखहरुलाई आदेश दिएको रोयटर्सले उल्लेख गरेको छ।

शीतकालीन युद्धका बेला सन् १९८७ मा संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघबीच छोटो र मध्यम दूरीका क्षेप्यास्त्र प्रयोगमा बन्देज लगाउने उद्देश्यसहित आइएनएफ सन्धि भएको थियो। अमेरिकाले आरोप लगाएजस्तो सन्धिको कुनै पनि व्यवस्था आफूले उल्लङ्घन नगरेको मस्कोले बताउँदै आएको छ। उसले वासिङ्टन आफैंले सन्धिको उल्लङ्घन गरेर रुसलाई आरोप लगाइरहेको समेत जनाएको छ। अमेरिकाले नयाँ क्षेप्यास्त्र बनाउन र सन्धिबाट बाहिरिनका लागि मस्कोमाथि आरोप लगाएको उसले बताउँदै आएको छ। यद्यपि अमेरिकाले पनि रुसको यस्तो आरोप अस्वीकार गर्दै आइरहेको छ।

रुसले आइएनएफ सन्धिलाई पूर्ण रूपमा पालना गर्ने आधार प्रकट गरे सन्धिबाट बाहिरिने घोषणालाई पुनरावलोकन गर्न सकिने अमेरिकी निःशस्त्रीकरणसम्बन्धी विशेष राजदूत रोबर्ट वुडले बताएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ