आइसिसीको टी–ट्वान्टीे वरियतामा नेपालले फड्को मार्यो (हेर्नुहोस तालिका)

2019-02-05

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाललाई समावेश गरेर पछिल्लो टी–ट्वान्टीे वरियता सार्वजनिक गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको वरियतामा नेपाल १४ औँ स्थानमा रहेको छ । नेपालभन्दापछि युएई, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन् । हिजोसम्म बरियतामै नभएको नेपालले ४ वटा टीमलाई पछि पार्दै १४ औँ नम्बरमा आफ्नो स्थान बनाएको हो ।

नेपालभन्दा अघि १३ औँ स्थानमा नेदरल्यान्ड, १२ औं स्थानमा जिम्वाब्बे, ११ औँ स्थानमा स्कटल्यान्ड रहेका छन् । बरियताको पहिलो नम्बरमा पाकिस्तान रहेको छ । दोस्रो नम्बरमा भारत, तेस्रोमा अफ्रिका, चौथोमा इङल्यान्ड, पाँचौँ नम्बरमा अष्ट्रेलिया र छैटौँ नम्बरमा न्युजिल्यान्ड छन् ।

सातौँ स्थानमा वेस्टइन्डिज, आठौँमा अफगानस्तान, नबौँमा श्रीलंका र १० औँ स्थानमा बंगलादेश रहेका छन् । नेपालले एकदिवसीयको १५ नम्बरमा समेत स्थान बनाइसकेको छ ।

नेपालले युएई विरुद्ध तीन वटा एकदिवसीय र तीन वटा ट्वान्टीट्वान्टी खेल खेलेपछि आइसिसीले बरियाता हेरफेर गरेको हो । नेपालले दुबै फम्र्याटमा दुई–दुईवटा म्याच जितेर सिरिज नै आफ्नो पक्षमा पारेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ