ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठानेपछि गुप्तचरले यसरी सम्झाए !

2019-02-04

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठान्ने गरेको सार्वजनिक भएको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको चर्चित म्यागेजिन ‘टाइम’ ले जनाएको छ ।

गुप्तचर संस्थाहरूसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । चर्चित अमेरिकी म्यागेजिन ‘टाइम’ ले गुप्तचर निकायसँगको ब्रिफिङका क्रममा टम्पलाई अधिकारीहरूले नेपाल र भुटान स्वतन्त्र मुलुक रहेको सम्झाएको उल्लेख गरेको छ ।

दक्षिण एसियाबारेको ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारले अफगानिस्तानदेखि बंगादेशसम्मको क्षेत्रको नक्सा देखाएका थिए ।
उक्त ब्रिफिङमै उपस्थित रहेका तथा त्यसका बारेमा जानकार रहेका अधिकारीहरू तथा त्यहाँको संसद (कंग्रेस) सदस्यलाई उद्धृत गर्दै टाइम लेख्छ– ‘ट्रम्पले नक्सातिर देखाए र भने कि नेपाल भारतकै भुभाग हो । त्यसपछि उनलाई अधिकारीहरूले नेपाल स्वतन्त्र मुलुक रहेको सम्झाए । जब अधिकारीहरूले भुटान त तपाईँलाई थाहा छ नि भन्दै देखाए, फेरि उनले भने कि भुटान पनि भारतकै भुभाग हो । त्यसपछि उनलाई ब्रिफिङ गरेकाहरूले भने, ‘भुटान पनि स्वतन्त्र देश हो ।’

यसअघि पनि उनले नेपाललाई ‘निप्पल’ भनेको सार्वजनिक भइसकेको छ । सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्दर मोदीसँग भेट्नु अघि भएको ब्रिफिङमा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ उच्चारण गरेको पोलिटिको म्यागेजिनले सार्वजनिक गरेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ