भारतमा मन्दिर विवाद उग्र : नेताकै घरमा बम हमला, मोदीकाे भ्रमण स्थगित !

2019-01-06

नयाँदिल्ली - केरलास्थित सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेश विरुद्ध भड्कीएको हिंसात्मक प्रदर्शनले उग्र रुप लिएको छ । यसबीच यहाँका विधायक एएन समसीरको घरमै शुक्रबार राति बम नै आक्रमण भएको छ ।

यसअघि भाजपाका सांसद वी मुरलीधरन, माकपाका कन्नुर जिल्ला सचिव पी शशी तथा पार्टीका कार्यकर्ता विशकको घरमा पनि बम हमला भएको बताइएको छ । हमलामा विशक घाइते भएका छन् ।

सर्वोच्च अदालतले तीन महिनाअघि सबै उमेरका महिलालाई प्रवेशमा अनुमति दिएको थियो । भाजपा र हिन्दु संगठनहरुले अदालतको यस्तो फैसलाको विरोध गरेका हुन् । जहाँ राज्यका माकपा सरकार अदालतको फैसला लागु गराउने पक्ष र विपक्षमा प्रदर्शन गर्दा हिंसा भड्कीएको हो ।

माकपाले आफ्ना नेताहरुको घरमा बम हमला भएको घटनामा आरएसएसका स्वयंसेवकको हात रहेको आरोप लगाउँदै आएका छन् । यस क्रममा १७ सय ३८ जना प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।

मोदीको भ्रमण नै रोकियो
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबार हुने भनिएको भ्रमण स्थगित गरिएको छ । भाजपाका नेताहरुको हवाला दिँदै ६ जनवरीमा तय गरिएको पठानथिट्टा यात्रा प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित गरिएको भारतीय मिडियाले जनाएका छन् ।

शुक्रबार राति श्रीलंकाकी एक महिला सबरीमाला मन्दिरमा प्रवेश गर्न खोज्दा गेटमै रोकिएको थियो । यस्तै २ जनबरीमा अन्य दुई महिलाले मन्दिर प्रवेश गरेपछि हिंसाले उग्र रुप लिएको हो । हिंसामा मन्दिर सञ्चालक समितिका एक हिन्दु कार्यकर्ताको मृत्यु भएको थियो ।

८ सय वर्ष पुरानो प्रथा
५० वर्षका महिलालाई मन्दिरमा प्रवेश रोक लगाउने एक प्रथाकै रुपमा स्थापित थियो । ८ सय वर्षयता चल्दैआएको यो प्रथा गत सेप्टेम्बर २८ मा सर्वोच्च अदालतले मन्दिरमा प्रवेश गर्न पाउने भन्दै फैसला गर्यो ।

यही फैसलाको विरुद्ध केरलाका राजपरिवार तथा मन्दिरका मुख्य पूजारीसहित केही हिन्दु संगठनले यस फैसला विरुद्ध पुनरावेदन गरका थिए । यसअघि यस मन्दिरमा ५० वर्षका महिलालाई रोक लगाइँदै आएको थियो । अदालतको फैसलापछि नै विरोध र हिंसा जारी रहेको हो । यसबारे केरलाको राज्यसभामा समेत चर्काचर्की हुँदै आएको छ ।


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ