रहेनन् कादर खान, यस्ता छन् कादर खानबारे १० रहस्य !

2019-01-02

काठमाडौं : प्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन।

टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्‍धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ। उनको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ। उनी चार महिनादेखि क्यानडामा उपचाररत थिए।

एनडीटीभीका अनुसार उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए। अफगानिस्तानको काबुलमा जन्मिएका कादर खानले सन् १९७३ मा राजेश खन्नाको फिल्म 'दाग' बाट फिल्मी दुनियाँमा डेब्यु गरेका थिए।

उनका ३०० भन्दा बढी फिल्म छन्। उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन्। अभिनयमा आउनुअघि उनले रवीन्द्र कपुर र जया बच्चनको 'जवानी दिवानी' मा सम्वाद लेखेका थिए।

कादर खानबारे १० रहस्य : अमिताभका लागि २२ फिल्म, डायलग नै हीट
सन् १९७१ मा बलिउड प्रवेश गरेका अभिनेता कादर खानको ३० वर्षे फिल्मी करिअर र स्मरणीय छ । दिलिप कुमारसँगै पहिलो पटक काम गरेका कादर खानको दक्षता ‘स्क्रिन राइटिङ’, ‘डायलग राइटिङ’ र ‘कमेडी’मै थियो । यतिसम्म कि उनले लेखेका कतिपय डायलगलाई त ‘ट्रोल’ समेत बनाइयो । पढौँ उनको बारे व्यापक रुपमा सार्वजनिक नभएका १० तथ्य ।

१. अभिनयलाई पेशा बनाए पनि कादर खानको खास पढाइ ईन्जिनियरिङ थियो । उनी बलिउडमा प्रवेश गर्नुअघि मुम्बईस्थित एमएच सिद्धिकी कलेज अफ ईन्जिनियरिङमा सिभिल ईन्जिनियरिङ पढाउँथे ।

२. पढाइरहँदाको अवधिमै उनी ‘पार्ट टाइम’ पेशाको रुपमा नाटकमा पनि अभिनय गर्थे । दिलिप कुमार समेत उनको अभिनयको प्रसंसक थिए । उनैले कादर खानलाई फिल्ममा अवसर दिएका हुन् ।

३. कादर खानले ३ सय भन्दा बढी फिल्ममा अभिनय गरे । र १ हजार भन्दा धेरै हिन्दी फिल्ममा त संवाद नै लेखे । खासमा उनी राम्रो संवाद लेख्नसक्ने सीप भएको व्यक्तिको रुपमा पनि चिनिन्थे । आफ्नो अभिनय अवधिमै उनले स्क्रिन राईटर, डायलग राइटर, कमेडीयन र निर्देशकको छवि बनाए ।

४. बलिउडमा बहुचर्चित बनेको ‘डायलग’ ‘बडे बडे बेपरमेँ अपुनका छोटा छोटा फोटो छाप्ता है !’ खानले नै लेखेका थिए ।

५. उनले दुईपटक सम्म उत्कृष्ट ‘डायलग राईटर’को रुपमा फिल्म फेयर अवार्डसमेत जितेका थिए ।

६. कादर खानले अर्का अभिनेता गोविन्दासँग कमेडी जोडीको रुपमा फिल्ममा गरेको काम कसैले बिर्सन नसक्ने मानिन्छ । त्यसो त कादर र गोविन्दाको जोडी असाध्यै सुहाउने मानिन्छ ।

७ उनका छोरा सर्फराज पनि बलिउडमा स्थापित कलाकार हुन् । तेरे नाम, रमैया भस्ताभैया लगायत फिल्ममा सर्फराजले राम्रो काम देखाएका थिए ।

८. उनले अरबिक भाषामा ओस्मानिया विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । क्यानडा, इन्डिया, पाकिस्तान, बेलायत र अमेरिकामै उनी अरेबिक भाषा ‘ईन्स्टिच्युट’ खोल्न चाहन्थे ।

९. उनले अमिताभ बच्चनकै लागि २२ वटा फिल्म लेखेका थिए ।

१०. ३० वर्षे अभिनय यात्रामा उनले पद्मा अवार्ड कहिल्यै जितेनन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ