2018-12-30 |
काठमाडौँ - यसपालिको ‘न्यू इयर इभ २०१९’ बिशेष तरिकाले मनाउने सोचमा हुनुहुन्छ ? चर्चित गायक तथा कलाकारको साथमा नयाँ वर्षको धमाका मच्चाउने सोचमा हुनुहुन्छ ? यदि हो भने त्यो इच्छा तपाइहरुले यसरी पुरा गर्न सक्नुहुनेछ ।
'नयाँ वर्ष २०१९ को इभ'मा जमलको एल्लो पगोडा होटलमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । ३१ डिसेम्बर सोमबार बेलुकी हुने सांगीतिक कार्यक्रमलाई चर्चित गायक आनन्द कार्की, प्रश्ना शाक्य, डिजे निरज, डान्सर बिनु साक्यलगायतका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिएर तपाईहरुको नयाँ वर्षलाई रंगिन बनाउनेछन।
कार्यक्रम जमलस्थित एल्लो पगोडा होटलको माछापुछ्रे हलमा साँझ ७ देखि राति १२ बजेसम्म हुने आयोजक टोलीले जानकारी दिएको छ । चन्द्रमोहन इन्टरटेनमेट्सले आयोजना गर्न लागेको कार्यक्रमलाई 'लायन्स क्लब अफ' काठमाडौं एमआईजीले सहकार्य गर्ने बताइएको छ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...