ज्वालामुखीपछि आएको आँधीमा परी इन्डोनेसियामा २२२ जनाको मृत्यु, सयौं घाइते !

2018-12-24

इन्डोनेसिया - ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो । नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो ।

“दृश्यहरु आशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् ।

पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २२२ पुगेको पुष्टी भएको छ भने ८५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन् । एएफपी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ