नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिने

2018-12-23

काठमाडौं - नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने भएको छ। कोषको शुक्रबार सम्पन्न २३औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो।

कोषको ०७३/७४ को नाफाबाट उक्त बोनस सेयर दिन लागेको हो। आव ०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आव ०७३/७४ मा २९ करोड २४ लाख रुपैयाँ पुगेको छ। चालु आवको असोज मसान्तसम्म कोषको फन्ड एक खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कोषले एक खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ।

कोषका सञ्चालक समिति अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले सातै प्रदेशमा शाखा विस्तार र समय सापेक्ष कोषलाई अघि बढाउन लगानी नीतिमा परिमार्जन गरेको जानकारी दिए। उनले ०७४/७५ को साधारणसभा चालु आवको चैत मसान्तभित्र गर्ने बताए। कोषले वैशाखदेखि स्टक डिलरको काम गर्ने धारण राखेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ